सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो

सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असार १७ । सुनको भाउ आज पनि तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सुन तोलामा २०० रुपैयाँले बढेको थियो ।

यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदीको मूल्य स्थिर रहेको थियो ।

 

Published Date: 01 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक