स्पेन र इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

स्पेन र इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, असार १७ । स्पेन र इंग्ल्याण्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको राउन्ड अफ सिक्सटीनको खेलमा जर्जियाविरुद्ध ४–१ गोलको जित दर्ता गर्दै स्पेनले अन्तिम ८ मा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक एक गोल गरे ।

१८ औं मिनेटमा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेपछि स्पेन सुरुआती समयमा भने पछि परेको थियो । सोही अग्रता जर्जियाले काम राख्न नसक्दा ३९ औं मिनेटमा बराबरी गोल खान पुग्यो ।

स्पेनका लागि ३९औं रोड्रीले गोल गर्दै खेल १–१ अबस्थामा ल्याएका थिए । पहिलो हाफमा एक एकको बराबरी खेलेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो । हाफको ५१औं मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई २–१ ले अघि बढाए ।

७५औं मिनेटमा विलियम्सको गोलमा स्पेनले ३–१ को अग्रता लिएको थियो । ८३औं मिनेटमा मैदान प्रवेश गरेका ओल्मोले प्रवेश गरे लगत्तै गोल गरेपछि अन्ततः स्पेन ४–१ को शानदार जित निकाल्न सफल भयो ।

जितसँगै स्पेनले अब स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीको सामना गर्नेछ । जर्मनीले डेनमार्कलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । यस्तै, अर्को खेलमा स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड पनि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

गेल्सेनकर्चेनमा इङ्ल्यान्डले अतिरिक्त समयमा स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इङ्ल्यान्डको जितमा जुड बेलिङ्घम र कप्तान ह्यारी केनले गोल गरेका छन् । २५औं मिनेटमा स्लोभाकियाका लागि इभान स्क्रान्जले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

खेलमा एक शून्य गोलले पछि परेको इङ्ल्यान्डले बेलिङ्घमको गोलबाट नियमित समयको अन्तिम समयमा बराबरी गोल गर्न सफल रह्यो । अतरिक्त समयको पाँचौं मिनेट बेलिङ्घमले उत्कृष्ट बाइसाइकल किक मार्फत गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए ।

अतिरिक्त समयको पहिलो मिनेटमा नै कप्तान ह्यारी केनले गोल गर्दै २–१ को अग्रता दिलाए । त्यसपछि बाँकी समय थप गोल हुन सकेन र इंग्ल्याण्ड विजयी भयो । जितसँगै इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्वीट्जरल्यान्ड सामना गर्नेछ ।

स्वीट्जरल्यान्डले साविक विजेता इटालीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाइसकेको छ । युरोकपमा आज फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभानिया आमने सामने हुने छन् । पहिलो खेल राति पौने १० बजे तथा दोस्रो खेल राति पौने १ बजे सुरुहुने छ ।

Published Date: 01 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक