आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, असार १७ ।  आज २०८१ असार १७ गते सोमबार, तद्अनुसार १ जूलाइ २०२४ । आज असार कृष्ण दशमी, सुकर्मा विष्टि/भद्रा अश्विनी, सूर्योदय बिहान ०५:११ बजे, सूर्यास्त साँझ १९ः०३ बजे ।

आजको राशिफल

मेष: नयाँ योजना बन्ने छ । नयाँ अनुवन्ध हुनेछ । लाभको अवसर बढ्ने छ ।

वृष: सम्पत्तिको कार्यले लाभ दिने छ । बेरोजगारी हट्ने छ । लक्ष्यलाई ध्यानमा राखेर प्रयत्न गर्नु भयो भने सफलता मिल्ने छ ।

मिथुन: रचनात्मक कार्य सफल रहने छ । कुनै आनंदोत्सवमा भाग लिने मौका मिल्ने छ । प्रसन्नता रहने छ ।

कर्कट: क्रोधमा नियन्त्रण राख्नु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । वास्तविकतालाई महत्व दिनु होला ।

सिंह: नयाँ अनुवन्धहरुको लाभ पाइने छ । धन प्राप्ति सुगम हुनेछ । खानपिनमा नियन्त्रण राख्नु होला ।

कन्या: पाहुनाहरुको आगमन हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । प्रसन्नता रहने छ । मान बढ्ने छ ।

तुला: यात्रा, जागिर तथा लगानीबाट लाभ मिल्ने छ । उपहार प्राप्ति हुनेछ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । सन्तानको तर्फबाट सुखद स्थिति बन्ने छ ।

वृश्चिक: बोलीमा नियन्त्रण राख्नु पर्नेछ । अप्रत्याशित खर्च बढ्न सक्छ । विवादबाट टाढा बस्नु होला ।

धनु: अदालतको काम पूरा हुनेछ । तन्त्र–मन्त्रमा रुचि रहने छ । धनार्जन हुनेछ ।

मकर: मेहनतको फल पाइने छ । कार्यसिद्धिबाट प्रसन्नता रहने छ । प्रतिष्ठा बढ़्ने छ । धनार्जन हुनेछ । आज विशेष लाभ हुने सम्भावना छ ।

कुम्भ: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । अदालतको काममा अनुकूलता रहने छ । धनार्जन हुनेछ । दाजुभाइको सहयोग पाइने छ ।

मीन: व्यापारमा नयाँ योजनाहरुबाट लाभको योग छ । स्थायी सम्पत्ति किन्ने योग बन्ने छ । प्रतिष्ठित व्यक्तिहरुसंग भेटघाट हुनेछ ।

Published Date: 01 July 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता