अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

अभिनेत्री हिना खानलाई स्तन क्यान्सर : Icon Khabar

मुम्बई, असार १६ । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यो जानकारी दिएकी हुन् । अभिनेत्रीले लेखेकी छिन्, ‘हाल सालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु ।’

हिनाले थप लेखिन्, ‘म मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । मलाई तेस्रो चरणको स्तन क्यान्सर छ । यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु । म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु । मेरो उपचार सुरु भएको छ र म यसलाई पराजित गर्न हर सम्भव प्रयास गर्न तयार छु ।’

हिना खानले फ्यानसँग गोपनीयताको माग गरेकी छिन् । अभिनेत्रीले लेखेकी छन्, ‘यस समयमा म तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु । म तपाईंको माया र प्रार्थनाको कदर गर्छु । म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु ।’ हिना ये रिस्ता क्या कहलाता है सिरियलबाट घर घरमा चर्चित बनेकी थिइन् । त्यसपछि उनले चर्चित रियालिटी शो बिग बोसबाट निकै चर्चा बटुलेकी थिइन् । बिग बोस पछि उनले केही फिल्ममा समेत काम गरेकी छन् ।

Published Date: 30 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक