अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

अभिनेत्री हिना खानलाई स्तन क्यान्सर : Icon Khabar

मुम्बई, असार १६ । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यो जानकारी दिएकी हुन् । अभिनेत्रीले लेखेकी छिन्, ‘हाल सालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु ।’

हिनाले थप लेखिन्, ‘म मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । मलाई तेस्रो चरणको स्तन क्यान्सर छ । यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु । म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु । मेरो उपचार सुरु भएको छ र म यसलाई पराजित गर्न हर सम्भव प्रयास गर्न तयार छु ।’

हिना खानले फ्यानसँग गोपनीयताको माग गरेकी छिन् । अभिनेत्रीले लेखेकी छन्, ‘यस समयमा म तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु । म तपाईंको माया र प्रार्थनाको कदर गर्छु । म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु ।’ हिना ये रिस्ता क्या कहलाता है सिरियलबाट घर घरमा चर्चित बनेकी थिइन् । त्यसपछि उनले चर्चित रियालिटी शो बिग बोसबाट निकै चर्चा बटुलेकी थिइन् । बिग बोस पछि उनले केही फिल्ममा समेत काम गरेकी छन् ।

Published Date: 30 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास