भक्तपुरमा आगामी साउन ५ गते ३३ पुल परिक्रमा गर्दै साइकल च्यालेन्ज हुने

भक्तपुरमा आगामी साउन ५ गते ३३ पुल परिक्रमा गर्दै साइकल च्यालेन्ज हुने : Icon Khabar

भक्तपुर, असार १६ । भक्तपुरमा आगामी साउन ५ गते साइकल च्यालेन्ज हुने भएको छ। साइकल च्यालेन्ज अन्तर्गत भक्तपुरमा सो दिन ३३ पुल परिक्रमा हुने लागेको हो।

३३ पुल परिक्रमा कसरी गर्ने ?

भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । अधिकांस रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यो पुल परिक्रमा गर्न सकिन्छ । रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउछ । खेत रहेको स्थानहरुमा भने किसानहरु संग मौसम अनुसारको तरकारी किन्न सकिन्छ ।

साउन ५ गतेको साइकल यात्रा

साउनको पहिलो शनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरु गरी यात्रा अगाडि बढाउन सकिन्छ । खोला किनारमा फोहर वस्तु फाल्ने गतिबिधि कम गर्नको लागि पनि त्यहाँ चहलपहल हुन आवश्यक छ ।

Published Date: 30 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड