भक्तपुरमा आगामी साउन ५ गते ३३ पुल परिक्रमा गर्दै साइकल च्यालेन्ज हुने

भक्तपुरमा आगामी साउन ५ गते ३३ पुल परिक्रमा गर्दै साइकल च्यालेन्ज हुने : Icon Khabar

भक्तपुर, असार १६ । भक्तपुरमा आगामी साउन ५ गते साइकल च्यालेन्ज हुने भएको छ। साइकल च्यालेन्ज अन्तर्गत भक्तपुरमा सो दिन ३३ पुल परिक्रमा हुने लागेको हो।

३३ पुल परिक्रमा कसरी गर्ने ?

भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । अधिकांस रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यो पुल परिक्रमा गर्न सकिन्छ । रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउछ । खेत रहेको स्थानहरुमा भने किसानहरु संग मौसम अनुसारको तरकारी किन्न सकिन्छ ।

साउन ५ गतेको साइकल यात्रा

साउनको पहिलो शनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरु गरी यात्रा अगाडि बढाउन सकिन्छ । खोला किनारमा फोहर वस्तु फाल्ने गतिबिधि कम गर्नको लागि पनि त्यहाँ चहलपहल हुन आवश्यक छ ।

Published Date: 30 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास