देशैभरिको नदीमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह

देशैभरिको नदीमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौं, असार १६ । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पुर्याउनु सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्‍च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने महाशाखाले जनाएको छ । केही नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम पनि हुने छ ।

साथै इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, सल्यान, दैलेख, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने नदीहरुमा पनि बहाव बढ्ने छ । केही नदीमा आकस्मिक बाढीको जोखिम हुने पूर्वानुमान छ ।

Published Date: 30 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास