मिड भ्याली एसएस कलेजको आयोजनामा एसइई फ़ुट्सल टुर्नामेन्ट २०८१ हुँदै

मिड भ्याली एसएस कलेजको आयोजनामा एसइई फ़ुट्सल टुर्नामेन्ट २०८१ हुँदै : Icon Khabar

भक्तपुर, असार १३ । भक्तपुरको नयाँ थिमिमा अवस्थित मिड भ्याली एसएस कलेजले एसइई उतीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई लक्षित गर्दै मिड भ्याली एसइई फ़ुट्सल टुर्नामेन्ट २०८१ को आयोजना गर्दै छ।

सो टुर्नामेन्टका लागि नाम दर्ता सुरू भैसकेको कुरा कलेज प्रशासनले आइकन खबरलाई जानकारी गराएको हो। एसइई दिएर बसेका सम्पूर्ण विद्यार्थीहरुले उक्त टुर्नामेन्टमा सहभागीता जनाउन सक्नेछन्। नाम दर्ता गर्नका लागि एसइईको प्रवेशपत्र अनिवार्य गरिएको छ।

सो टुर्नामेन्टमा प्रथम हुनेले नगद पुरस्कार रू १५,०००/- सँगै सोही कलेजमा अध्ययन गर्दा मासिक शुल्कमा १००% छात्रवृति, दोश्रो हुनेले नगद पुरस्कार रू १०,०००/- र मासिक शुल्कमा ७५% छात्रवृति त्यसैगरी तेश्रो हुनेले नगद पुरस्कार रू ५,०००/- र मासिक शुल्कमा ५०% छात्रवृति पाउनेछन्।

इच्छुक विद्यार्थीले आफ्नो नाम यथाशिघ्र दर्ता गर्न पनि कलेजले हार्दिक आह्वान गरेको छ। विस्तृत जानकारीका लागि मिड भ्याली एसएस कलेज, नयाँ थिमि भक्तपुरको सम्पर्क नं ०१-५९२१२०४, ९८०२३७१७३०, ९८०२३७१७३१ मार्फत पनि प्राप्त गर्न सकिनेछ।

For Registration: https://forms.gle/bmnhxEMqwiKiKKkYA

Published Date: 27 June 2024
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो