मिड भ्याली एसएस कलेजको आयोजनामा एसइई फ़ुट्सल टुर्नामेन्ट २०८१ हुँदै

मिड भ्याली एसएस कलेजको आयोजनामा एसइई फ़ुट्सल टुर्नामेन्ट २०८१ हुँदै : Icon Khabar

भक्तपुर, असार १३ । भक्तपुरको नयाँ थिमिमा अवस्थित मिड भ्याली एसएस कलेजले एसइई उतीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई लक्षित गर्दै मिड भ्याली एसइई फ़ुट्सल टुर्नामेन्ट २०८१ को आयोजना गर्दै छ।

सो टुर्नामेन्टका लागि नाम दर्ता सुरू भैसकेको कुरा कलेज प्रशासनले आइकन खबरलाई जानकारी गराएको हो। एसइई दिएर बसेका सम्पूर्ण विद्यार्थीहरुले उक्त टुर्नामेन्टमा सहभागीता जनाउन सक्नेछन्। नाम दर्ता गर्नका लागि एसइईको प्रवेशपत्र अनिवार्य गरिएको छ।

सो टुर्नामेन्टमा प्रथम हुनेले नगद पुरस्कार रू १५,०००/- सँगै सोही कलेजमा अध्ययन गर्दा मासिक शुल्कमा १००% छात्रवृति, दोश्रो हुनेले नगद पुरस्कार रू १०,०००/- र मासिक शुल्कमा ७५% छात्रवृति त्यसैगरी तेश्रो हुनेले नगद पुरस्कार रू ५,०००/- र मासिक शुल्कमा ५०% छात्रवृति पाउनेछन्।

इच्छुक विद्यार्थीले आफ्नो नाम यथाशिघ्र दर्ता गर्न पनि कलेजले हार्दिक आह्वान गरेको छ। विस्तृत जानकारीका लागि मिड भ्याली एसएस कलेज, नयाँ थिमि भक्तपुरको सम्पर्क नं ०१-५९२१२०४, ९८०२३७१७३०, ९८०२३७१७३१ मार्फत पनि प्राप्त गर्न सकिनेछ।

For Registration: https://forms.gle/bmnhxEMqwiKiKKkYA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 June 2024
Website | + posts