आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार १२ । आज २०८१ असार १२ गते बुधबार, तद्अनुसार २६ जून २०२४ । आज असार कृष्ण पञ्चमी, विषकुम्भ कौलव धनिष्ठा, अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस, सूर्योदय बिहानः ५ः१० बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: व्यवसाय–व्यापार मनोनुकूल चल्ने छ । स्वास्थ्य कमजोर रहने छ । मेहनत अधिक हुनेछ । लाभमा कमी आउन सक्छ ।

वृष: सामाजिक कार्य गर्न मन लाग्ने छ । मान–सम्मान पाइने छ । मेहनतको फल पाइने छ । व्यवसायमा वृद्धिको योग छ । लगानी शुभ रहने छ ।

मिथुन: पुरानी साथीभाइसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्मसम्मान कायम रहने छ । व्यवसायबाट लाभ हुनेछ ।

कर्कट: बेरोजगारी हटाउने प्रयास सफल रहने छ । उपहार प्राप्ति सम्भव छ । व्यावसायिक यात्रा सफल रहने छ । शेयर मार्केटबाट लाभ हुुनेछ ।

सिंह: फजूल खर्चमा नियन्त्रण हुने छैन । हल्का हाँसो–ठट्टाबाट बच्नु होला । लाभको अवसर आउने छ । विवेकको प्रयोग गर्नु होला ।

कन्या: यात्रा लाभदायक रहने छ । डूबेको रकम प्राप्त हुनेछ । जागिरमा प्रशंसा पाइने छ । नयाँ कार्यका लागि योजना बन्ने छ ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । व्यवसायबाट लाभ मिल्ने छ । शेयर बजारबाट लाभ हुनेछ । मान–सम्मान पाइने छ ।

वृश्चिक: चोट अथवा रोगबाट कष्ट हुनसक्छ । पूजा–पाठमा मन लाग्ने छ । सत्संगको लाभ मिल्ने छ । परिवार तथा साथीहरको सहयोग पाइने छ । प्रसन्नता कायम रहने छ ।

धनु: चोट तथा दुर्घटनाबाट हानि हुनसक्छ, सावधान रहनु होला । स्वाभिमानमा ठेस पुग्न सक्छ । नकारात्मकता हावी रहने छ ।

मकर: यात्रा लाभदायक रहने छ । राजकीय सहयोग पाइने छ । जीवनसाथीबाट सहयोग पाइने छ । घरमा सुख–शान्ति रहने छ ।

कुम्भ: ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । सहकर्मीहरुको सहयोग प्राप्त हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ । भ्रमको स्थिति उत्पन्न हुनसक्छ ।

मीन: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । आनन्दसंग समय व्यतीत हुनेछ । मनपर्ने व्यञ्जनको लाभ मिल्ने छ । रचनात्मक कार्य सफल रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 June 2024
Website | + posts
ताजा
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू