आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार १२ । आज २०८१ असार १२ गते बुधबार, तद्अनुसार २६ जून २०२४ । आज असार कृष्ण पञ्चमी, विषकुम्भ कौलव धनिष्ठा, अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस, सूर्योदय बिहानः ५ः१० बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: व्यवसाय–व्यापार मनोनुकूल चल्ने छ । स्वास्थ्य कमजोर रहने छ । मेहनत अधिक हुनेछ । लाभमा कमी आउन सक्छ ।

वृष: सामाजिक कार्य गर्न मन लाग्ने छ । मान–सम्मान पाइने छ । मेहनतको फल पाइने छ । व्यवसायमा वृद्धिको योग छ । लगानी शुभ रहने छ ।

मिथुन: पुरानी साथीभाइसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्मसम्मान कायम रहने छ । व्यवसायबाट लाभ हुनेछ ।

कर्कट: बेरोजगारी हटाउने प्रयास सफल रहने छ । उपहार प्राप्ति सम्भव छ । व्यावसायिक यात्रा सफल रहने छ । शेयर मार्केटबाट लाभ हुुनेछ ।

सिंह: फजूल खर्चमा नियन्त्रण हुने छैन । हल्का हाँसो–ठट्टाबाट बच्नु होला । लाभको अवसर आउने छ । विवेकको प्रयोग गर्नु होला ।

कन्या: यात्रा लाभदायक रहने छ । डूबेको रकम प्राप्त हुनेछ । जागिरमा प्रशंसा पाइने छ । नयाँ कार्यका लागि योजना बन्ने छ ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । व्यवसायबाट लाभ मिल्ने छ । शेयर बजारबाट लाभ हुनेछ । मान–सम्मान पाइने छ ।

वृश्चिक: चोट अथवा रोगबाट कष्ट हुनसक्छ । पूजा–पाठमा मन लाग्ने छ । सत्संगको लाभ मिल्ने छ । परिवार तथा साथीहरको सहयोग पाइने छ । प्रसन्नता कायम रहने छ ।

धनु: चोट तथा दुर्घटनाबाट हानि हुनसक्छ, सावधान रहनु होला । स्वाभिमानमा ठेस पुग्न सक्छ । नकारात्मकता हावी रहने छ ।

मकर: यात्रा लाभदायक रहने छ । राजकीय सहयोग पाइने छ । जीवनसाथीबाट सहयोग पाइने छ । घरमा सुख–शान्ति रहने छ ।

कुम्भ: ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । सहकर्मीहरुको सहयोग प्राप्त हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ । भ्रमको स्थिति उत्पन्न हुनसक्छ ।

मीन: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । आनन्दसंग समय व्यतीत हुनेछ । मनपर्ने व्यञ्जनको लाभ मिल्ने छ । रचनात्मक कार्य सफल रहने छ ।

Published Date: 26 June 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय