आइतबार नेप्से परिसूचक ५.३७ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ५.३७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार ९ । आइतबार नेप्से परिसूचक ५.३७ अंक घटेर २०६२.९४ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१७ स्टकको ६१ हजार ५१३ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको ९५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था मैलुङ्ग खोला जलविद्युत कम्पनी र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.५८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज १७ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने माउन्टेन इनर्जि नेपालको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Published Date: 23 June 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय