किन बढ्दैछ अमेरिकी डलरको भाउ ?

किन बढ्दैछ अमेरिकी डलरको भाउ ? : Icon Khabar

काठमाडौं, असार ७ । नेपाल राष्ट्र बैंकका अनुसार आज असार ७ गते शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ १५ पैसा कायम भएको छ ।

यस्तै, खरिददर १३३ रुपैयाँ ५५ पैसा कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो । यसअघि असार ३० गते डलरको भाउ १३४ रुपैयाँ ०१ पैसा पुगेको थियो ।

बिहीबार भने १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ८४ पैसा र खरिददर १३३ रुपैयाँ २४ पैसा कायम भएको थियो ।

राष्ट्र बैंककाअनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ भने खरिददर १४३ रुपैयाँ २८ पैसा रहेको छ ।

बेलायती पाउन्ड १ को बिक्रीदर १७० रुपैयाँ २४ पैसा खरिद दर १६९ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Published Date: 21 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास