आइकन मिडिया हाउसद्वारा आयोजित रेडियो प्रस्तोता तथा पब्लिक स्पिकिङ्ग तालिम सम्पन्न

आइकन मिडिया हाउसद्वारा आयोजित रेडियो प्रस्तोता तथा पब्लिक स्पिकिङ्ग तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, असार ५ । आइकन मिडिया हाउस प्रा लि, भक्तपुरको आयोजनामा १० दिने रेडियो प्रस्तोता तथा पब्लिक स्पिकिङ्ग तालिम सम्पन्न भएको छ। गत जेठ २३ गते बुधबारबाट भक्तपुरको किकम्पा मन्टेश्वरी प्रि-स्कूलमा संचालन भएको सो तालिम हिजो मंगलबार सम्पन्न भएको हो।

तालिमका मुख्य प्रशिक्षकका रूपमा रेडियो कान्तिपुरका लोकप्रिय रेडियो प्रस्तोता तथा उद्घोषक किरण सुवाल रहेका थिए। रेडियोमा बोल्दा वा कुनै पनि कार्यक्रममा सबैको अगाडी निर्धक्क बोल्न सक्ने कला साथै विभिन्न प्राविधिक ज्ञानहरु सो प्रशिक्षणमा सिकाइएको थियो। पब्लिक स्पिकिङ्गका लागि आवश्यक विभिन्न कला, ज्ञान लगायत भाषण कला, व्यक्तित्व विकास, आफ्नो आवाज पहिचान गर्दै त्यसलाई निखार्ने भ्वाइस थेरापीलाई प्राथमिकतामा राखिएको थियो।

योसँगै रेडियो प्रस्तोता तालिम अन्तर्गत रेडियो कार्यक्रमहरु जानकारीमूलक, समाचारमूलक, रेडियो अन्तर्वार्ता, मनोरन्जनात्मक कार्यक्रम, फोन इन कार्यक्रम लगायतको प्रस्तुति र उत्पादनका विषयमा तालिम दिइएको थियो। रेडियोको समाचार सम्बन्धिको कक्षा रेडियो कान्तिपुरका सव एडिटर सुरज राजथलाले लिएका थिए।

प्रशिक्षार्थीहरुको अध्ययन भ्रमणका लागि भक्तपुरमा अवस्थित रेडियो मस्ति ८७.९ मेगाहर्जको प्रसारण स्टुडियो तथा कार्यालयमा लागिएको थियो। सो स्टेशनमा रेडियोका संचालक तथा अध्यक्ष बिपिन ढुंगानाले रेडियो प्रसारण हुने विधि र रेडियोमा बोल्दा ध्यान पुर्याउनुपर्ने विभिन्न कुराहरुको बारेमा जानकारी दिएका थिए।

हिजो सम्पन्न उक्त कार्यक्रममा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो। आगामी दिनमा पनि यस्तै तालिमहरु कम्पनीले आयोजना गर्दैजाने आइकन मिडिया हाउसका प्रबन्ध निर्देशक अमित श्यामाले आइकन खबरलाई जानकारी दिए।

Published Date: 19 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास