दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई हरायो

दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई हरायो : Icon Khabar

काठमाडौँ, जेठ २७ । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्समाथि कठिन जित हात पारेको छ । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो ।

१०४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ दशलमव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । १२४ को अवस्थाबाट डेभिड मिलर र ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकाको इनिङलाई स्थिर बनाउँदै जिततर्फ डोर्‍याए । मिलरले ५१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए । स्टब्स ३७ बलमा ३३ रनमा आउट भए ।

अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । नेदरल्यान्ड्सका लागि भिभियन किङ्मा र लोगान भान बिककले २-२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । साइब्रान्ड एंगलब्रेक्टले ४५ बलमा ४० रन बनाएका थिए । त्यस्तै भान बिकले २२ बलमा २३ रन बनाए । विक्रमजीत सिंहले १२ र स्कट एडवर्ड्सले १० रन जोडे ।

दक्षिण अफ्रिकाका लागि ओटनियल बारर्टम्यानले ४ विकेट लिए । मार्को जेन्सेन र एन्रिच नोर्टजेले समान २ विकेट लिए । समूह ‘डी’ मा दक्षिण अफ्रिकाको २ खेलबाट ४ अंक भएको छ । बंगलादेशको एक खेलबाट २ अंक छ । नेदरल्याण्ड्सको २ खेलबाट २ अंक छ । नेपाल र श्रीलंकाको अंकविहीन छन् । प्रतियोगिता अन्तर्गत आज वेष्ट इण्डिज र युगान्डा तथा भारत र पाकिस्तान तथा ओमान र स्कटल्याण्ड आमने सामने हुँदैछन् ।

Published Date: 09 June 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने