दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई हरायो

दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई हरायो : Icon Khabar

काठमाडौँ, जेठ २७ । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्समाथि कठिन जित हात पारेको छ । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो ।

१०४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ दशलमव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । १२४ को अवस्थाबाट डेभिड मिलर र ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकाको इनिङलाई स्थिर बनाउँदै जिततर्फ डोर्‍याए । मिलरले ५१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए । स्टब्स ३७ बलमा ३३ रनमा आउट भए ।

अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । नेदरल्यान्ड्सका लागि भिभियन किङ्मा र लोगान भान बिककले २-२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । साइब्रान्ड एंगलब्रेक्टले ४५ बलमा ४० रन बनाएका थिए । त्यस्तै भान बिकले २२ बलमा २३ रन बनाए । विक्रमजीत सिंहले १२ र स्कट एडवर्ड्सले १० रन जोडे ।

दक्षिण अफ्रिकाका लागि ओटनियल बारर्टम्यानले ४ विकेट लिए । मार्को जेन्सेन र एन्रिच नोर्टजेले समान २ विकेट लिए । समूह ‘डी’ मा दक्षिण अफ्रिकाको २ खेलबाट ४ अंक भएको छ । बंगलादेशको एक खेलबाट २ अंक छ । नेदरल्याण्ड्सको २ खेलबाट २ अंक छ । नेपाल र श्रीलंकाको अंकविहीन छन् । प्रतियोगिता अन्तर्गत आज वेष्ट इण्डिज र युगान्डा तथा भारत र पाकिस्तान तथा ओमान र स्कटल्याण्ड आमने सामने हुँदैछन् ।

Published Date: 09 June 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय