टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध एशोसिएट क्यानडाको ऐतिहासिक जीत

टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध एशोसिएट क्यानडाको ऐतिहासिक जीत : Icon Khabar

काठमाडौँ, जेठ २६ ।  एसोसिएट राष्ट्र क्यानाडाले टेस्ट राष्ट्र आयरल्यान्ड माथि जित दर्ता गर्दै एसोसिएट राष्ट्रको आइसिसी टि-२० विश्वकप २०२४ को सहभागितामा अर्को एक नयाँ आयाम थप गरेको छ । शुक्रबार न्यूयोर्कमा भएको खेलमा क्यानाडाले आयरल्यान्ड माथि क्यानाडाले १२ रनको जित निकालेको हो ।

बिहीबार मात्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानमाथि सनसनीपूर्ण जित दर्ता गरेको छ । त्यसको अर्को दिन आज नै क्यानाडाले आयरल्यान्डलाई हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । क्यानाडाका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके । उनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४९ रन बनाए । यस्तै श्रेयस मोभ्भाले ३६ बलमा ३७ रन बनाए । पर्गत सिंहले १८ रन जोडे ।

आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २-२ विकेट लिए भने जोशुवा लिटल र ग्यारेथ डिलेनीले १-१ विकेट लिए ।

जवाफमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन नी सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जर्ज डकरेलले ३० रन जोडे ।

क्यानाडाको जितमा जेरेमी गोर्डन र डिलन हेलिगरले २-२ तथा जुनेद सिद्दिकी र साद विन जफरले १-१ विकेट लिए ।

समूह ए मा क्यानाडाको २ खेलमा यो पहिलो जित हो । आयरल्यान्डको भने यो २ खेलमा दोस्रो हार हो । यस समूहमा अमेरिकाको २ खेलमा ४ अंक रहेको छ । भारतको १ खेलमा २ अंक छ भने पाकिस्तान १ खेलमा अंकविहिन छ ।

Published Date: 08 June 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक