टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध एशोसिएट क्यानडाको ऐतिहासिक जीत

टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध एशोसिएट क्यानडाको ऐतिहासिक जीत : Icon Khabar

काठमाडौँ, जेठ २६ ।  एसोसिएट राष्ट्र क्यानाडाले टेस्ट राष्ट्र आयरल्यान्ड माथि जित दर्ता गर्दै एसोसिएट राष्ट्रको आइसिसी टि-२० विश्वकप २०२४ को सहभागितामा अर्को एक नयाँ आयाम थप गरेको छ । शुक्रबार न्यूयोर्कमा भएको खेलमा क्यानाडाले आयरल्यान्ड माथि क्यानाडाले १२ रनको जित निकालेको हो ।

बिहीबार मात्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानमाथि सनसनीपूर्ण जित दर्ता गरेको छ । त्यसको अर्को दिन आज नै क्यानाडाले आयरल्यान्डलाई हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । क्यानाडाका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके । उनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४९ रन बनाए । यस्तै श्रेयस मोभ्भाले ३६ बलमा ३७ रन बनाए । पर्गत सिंहले १८ रन जोडे ।

आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २-२ विकेट लिए भने जोशुवा लिटल र ग्यारेथ डिलेनीले १-१ विकेट लिए ।

जवाफमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन नी सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जर्ज डकरेलले ३० रन जोडे ।

क्यानाडाको जितमा जेरेमी गोर्डन र डिलन हेलिगरले २-२ तथा जुनेद सिद्दिकी र साद विन जफरले १-१ विकेट लिए ।

समूह ए मा क्यानाडाको २ खेलमा यो पहिलो जित हो । आयरल्यान्डको भने यो २ खेलमा दोस्रो हार हो । यस समूहमा अमेरिकाको २ खेलमा ४ अंक रहेको छ । भारतको १ खेलमा २ अंक छ भने पाकिस्तान १ खेलमा अंकविहिन छ ।

Published Date: 08 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास