आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ २२ । आज २०८१ जेठ २२ गते मंगलबार, तद्अनुसार ४ जुन २०२४ । आज जेठ कृष्ण त्रयोदशी, शोभन गर भरणी, प्रदोष व्रत, निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस, सूर्योदय बिहानः ०५:०७ बजे, सूर्यास्त साँझ १८ः५६ बजे ।

आजको राशिफल

मेष: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । पठन–पाठनमा मन लाग्ने छ । लामो यात्राको योजना बन्न सक्छ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट क्लेश हुनसक्छ । पारिवारिक चिन्तामा वृद्धि हुनेछ ।

मिथुन: आज धन लगानी नगर्नु होला । शत्रु नतमस्तक हुनेछन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कर्कट: लेन–देनमा सावधानी अपनाउनु होला । शुभ समाचार पाइने छ । आत्मविश्वासमा वृद्धि हुनेछ । परिवारका साथ मनोरञ्जनको कार्यक्रम बन्न सक्छ ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कन्या: अप्रत्याशित खर्च बढने छ । स्वास्थ्य कमजोर रहने छ । अपेक्षाकृत कार्यमा विलम्ब हुनसक्छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनेछ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ ।

वृश्चिक: नयाँ आर्थिक नीति बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

धनु: छटपटि हुनेछ । चोट तथा रोगबाट बच्नु होला । पूजा–पाठमा मन लाग्ने छ । तीर्थयात्राको योजना बन्ने छ ।

मकर: आज धनको लगानी नगर्नु होला । स्वास्थ्य कमजोर रहने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कुम्भ: जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नता रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

मीन: भूमि, भवन, पसल अथवा उद्योग आदि किन्ने योजना बन्ने छ । रोजगारमा वृद्धि हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

Published Date: 04 June 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न