आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ २२ । आज २०८१ जेठ २२ गते मंगलबार, तद्अनुसार ४ जुन २०२४ । आज जेठ कृष्ण त्रयोदशी, शोभन गर भरणी, प्रदोष व्रत, निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस, सूर्योदय बिहानः ०५:०७ बजे, सूर्यास्त साँझ १८ः५६ बजे ।

आजको राशिफल

मेष: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । पठन–पाठनमा मन लाग्ने छ । लामो यात्राको योजना बन्न सक्छ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट क्लेश हुनसक्छ । पारिवारिक चिन्तामा वृद्धि हुनेछ ।

मिथुन: आज धन लगानी नगर्नु होला । शत्रु नतमस्तक हुनेछन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कर्कट: लेन–देनमा सावधानी अपनाउनु होला । शुभ समाचार पाइने छ । आत्मविश्वासमा वृद्धि हुनेछ । परिवारका साथ मनोरञ्जनको कार्यक्रम बन्न सक्छ ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कन्या: अप्रत्याशित खर्च बढने छ । स्वास्थ्य कमजोर रहने छ । अपेक्षाकृत कार्यमा विलम्ब हुनसक्छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनेछ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ ।

वृश्चिक: नयाँ आर्थिक नीति बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

धनु: छटपटि हुनेछ । चोट तथा रोगबाट बच्नु होला । पूजा–पाठमा मन लाग्ने छ । तीर्थयात्राको योजना बन्ने छ ।

मकर: आज धनको लगानी नगर्नु होला । स्वास्थ्य कमजोर रहने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कुम्भ: जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नता रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

मीन: भूमि, भवन, पसल अथवा उद्योग आदि किन्ने योजना बन्ने छ । रोजगारमा वृद्धि हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2024
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?