सार्वजनिक संस्थान: नेपाल टेलिभिजन घाटामा

सार्वजनिक संस्थान: नेपाल टेलिभिजन घाटामा : Icon Khabar

काठमाडौं, जेठ १४ । देशका २६ सार्वजनिक संस्थान नाफामा गएको देखिएको छ । अर्थ मन्त्रालयले आइतवार संसद्‌मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार २६ सार्वजनिक संस्थान नाफामा गएका छन् भने १५ संस्थान नोक्सानीमा गएका छन् ।

त्यस्तै तीन संस्थानको कारोवार शून्य छ । नेपालमा कुल सार्वजनिक संस्थानको संख्या ४४ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ नाफामा र १७ नोक्सानीमा सञ्चालित थिए । अत्यधिक नाफा आर्जन गर्ने सार्वजनिक संस्थानमा नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोषलगायत रहेका छन् ।

त्यस्तै आव २०७९/८० मा नोक्सानीमा गएका संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन रहेका छन् ।

Published Date: 27 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड