शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा जारी

शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा जारी : Icon Khabar

काठमाडौँ, जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गरी सहज रूपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने गरी शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा सुरु गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूसँग छलफल सुरु गरेका हुन् ।

छलफलमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहनुभएका कानुनमन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काङ्ग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी हुनुहुन्छ भने रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी छन् ।

भोलि (जेठ १५ गते) सङ्घीय संसदमार्फत् आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गर्नुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले सहमतिको प्रयास जारी राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Published Date: 27 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास