सोमबारका लागि विदेशी मुद्राको विनियम दर

सोमबारका लागि विदेशी मुद्राको विनियम दर : Icon Khabar

काठमाडौं, जेठ १४ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ ।

हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा थियो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १४ पैसा थियो । आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ ।

हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ०३ पैसा थियो । त्यसै गरी आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५१ पैसा थियो ।

हेर्नस् आजको विनिमय दर

Published Date: 27 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास