सोमबारका लागि विदेशी मुद्राको विनियम दर

सोमबारका लागि विदेशी मुद्राको विनियम दर : Icon Khabar

काठमाडौं, जेठ १४ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ ।

हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा थियो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १४ पैसा थियो । आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ ।

हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ०३ पैसा थियो । त्यसै गरी आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५१ पैसा थियो ।

हेर्नस् आजको विनिमय दर

Published Date: 27 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड