सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि : Icon Khabar

काठमाडौँ, जेठ १३ । म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडलाई जीत दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले एक–एक गोल गरे । सिटीका जेरेमी डोकुले एक गोल फर्काए । खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा माइनोले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्यो । यस क्रममा खेलको ८७ औं मिनेटमा डोकुले सिटीका लागि गोल गरे । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल हुन सकेन र २–१ ले पराजित भयो ।

गत वर्ष युनाइटेडलाई २–१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो । अहिले युनाइटेडले आफ्नो प्रमुख प्रतिद्वन्द्वी सिटीसँग बदला लिएको छ । सिटी इंग्लिस प्रिमियर लिगको विजेता पनि हो । तर एफए कप जित्न भने असफल भएको छ । एफए कपमा युनाइटेड सर्वाधिक दोस्रो सफल टोली हो । युनाइटेडको योसँगै १३ औं पटक एफए कप उपाधि हो । यस्तै आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ । यो सफलतासँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।

Published Date: 26 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड