सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि : Icon Khabar

काठमाडौँ, जेठ १३ । म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडलाई जीत दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले एक–एक गोल गरे । सिटीका जेरेमी डोकुले एक गोल फर्काए । खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा माइनोले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्यो । यस क्रममा खेलको ८७ औं मिनेटमा डोकुले सिटीका लागि गोल गरे । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल हुन सकेन र २–१ ले पराजित भयो ।

गत वर्ष युनाइटेडलाई २–१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो । अहिले युनाइटेडले आफ्नो प्रमुख प्रतिद्वन्द्वी सिटीसँग बदला लिएको छ । सिटी इंग्लिस प्रिमियर लिगको विजेता पनि हो । तर एफए कप जित्न भने असफल भएको छ । एफए कपमा युनाइटेड सर्वाधिक दोस्रो सफल टोली हो । युनाइटेडको योसँगै १३ औं पटक एफए कप उपाधि हो । यस्तै आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ । यो सफलतासँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।

Published Date: 26 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास