नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट केपी.१ र केपी.२ पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट केपी.१ र केपी.२ पुष्टि : Icon Khabar

काठमाडौं, जेठ ११ । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिए।

उक्त भेरियन्ट घातक नभएको डा.बुढाथोकीको भनाइ छ । प्रयोगशालाले केही महिनाको ४० वटा कोरोना सङ्क्रमितको नमुनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ओमिक्रोनका विभिन्न भेरियन्ट पुष्टि भएको थियो । उक्त नमुनामा अनुसार ओमिक्रानेको जेएन वान सातवटा नमुनामा, ओमिक्राेनको बिए टु दुई वटा नमुनामा, केपी.१, १२ वटा नमुनामा, केपी.२, १७ नमुनामा, केपी ४ एउटा नुमनामा पुष्टि भएको थियो ।

यो भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

Published Date: 24 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड