नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट केपी.१ र केपी.२ पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट केपी.१ र केपी.२ पुष्टि : Icon Khabar

काठमाडौं, जेठ ११ । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिए।

उक्त भेरियन्ट घातक नभएको डा.बुढाथोकीको भनाइ छ । प्रयोगशालाले केही महिनाको ४० वटा कोरोना सङ्क्रमितको नमुनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ओमिक्रोनका विभिन्न भेरियन्ट पुष्टि भएको थियो । उक्त नमुनामा अनुसार ओमिक्रानेको जेएन वान सातवटा नमुनामा, ओमिक्राेनको बिए टु दुई वटा नमुनामा, केपी.१, १२ वटा नमुनामा, केपी.२, १७ नमुनामा, केपी ४ एउटा नुमनामा पुष्टि भएको थियो ।

यो भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

Published Date: 24 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास