जेठको अन्तिमसम्म भाडा नबुझाउने केवल टिभी अपरेटर र इन्टरनेटको लाइन काटिने

जेठको अन्तिमसम्म भाडा नबुझाउने केवल टिभी अपरेटर र इन्टरनेटको लाइन काटिने : Icon Khabar

काठमाडौँ, जेठ ९ । नेपाल टेलिकमको पोल प्रयोग गरी सेवा प्रदान गर्ने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाएमा सबै तार हटाउने टेलिकमले सूचना जारी गरेको छ ।

टिभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०–८१ सम्मको पोल भाडा बापतको रकम मिति २०८१ ज्येष्ठ मसान्तभित्र बुझाउन सूचनामा उल्लेख गरेको छ ।

सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्न सेवा प्रदायकहरूको केबलहरू यस कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने जनाएको छ ।

Published Date: 22 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास