ताइनवानको संसदमा सांसदहरूबीच कुटाकुट, सांसदहरू घाइते

ताइनवानको संसदमा सांसदहरूबीच कुटाकुट, सांसदहरू घाइते : Icon Khabar

काठमाडौँ, जेठ ६ । ताइनवानको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ। शुक्रबार संसदका कार्यविधिहरुमा सुधार गर्ने विधेयकलाई छलफल गरी भोटिङबाट पास गराउने कार्यसूची थियो।

११३ सदस्यीय संसदमा विधेयक पास गर्न मतदान सुरू हुनुअघि डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डिपिपी) र विपक्षी दल कुओमिन्ताङ पार्टी र ताइवान पिपुल्स पार्टी(टिपिपी)का सांसदहरुबीच म झडप भएको हो।

विधेयक पास हुन नदिनका लागि डिपिपीका सांसदहरूले सभामुखको पोडियम घेरेका थिए। त्यसपछि विपक्षी दलहरूका सांसदहरूले उनीहरूलाई धकेलेर त्यहाँबाट हटाउने प्रयास गरेका थिए।

ताइवानी मिडियाहरू अनुसार डिपिपीका सांसद कुओ वेनले विधेयकको फाइल नै बोकेर भाग्न खोजेपछि सांसदहरूबीच विवाद भएको थियो।

त्यसक्रममा दुई दलका सांसदहरुबीच भनाभन हुँदै हानाहान भएको थियो। उनीहरुबीच मुक्का हानाहान देखि एकले अर्कालाई समात्दै पछार्दै गरेको दृश्यहरू पनि सार्वजनिक भएका छन्।

 

Published Date: 19 May 2024






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता