ताइनवानको संसदमा सांसदहरूबीच कुटाकुट, सांसदहरू घाइते

ताइनवानको संसदमा सांसदहरूबीच कुटाकुट, सांसदहरू घाइते : Icon Khabar

काठमाडौँ, जेठ ६ । ताइनवानको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ। शुक्रबार संसदका कार्यविधिहरुमा सुधार गर्ने विधेयकलाई छलफल गरी भोटिङबाट पास गराउने कार्यसूची थियो।

११३ सदस्यीय संसदमा विधेयक पास गर्न मतदान सुरू हुनुअघि डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डिपिपी) र विपक्षी दल कुओमिन्ताङ पार्टी र ताइवान पिपुल्स पार्टी(टिपिपी)का सांसदहरुबीच म झडप भएको हो।

विधेयक पास हुन नदिनका लागि डिपिपीका सांसदहरूले सभामुखको पोडियम घेरेका थिए। त्यसपछि विपक्षी दलहरूका सांसदहरूले उनीहरूलाई धकेलेर त्यहाँबाट हटाउने प्रयास गरेका थिए।

ताइवानी मिडियाहरू अनुसार डिपिपीका सांसद कुओ वेनले विधेयकको फाइल नै बोकेर भाग्न खोजेपछि सांसदहरूबीच विवाद भएको थियो।

त्यसक्रममा दुई दलका सांसदहरुबीच भनाभन हुँदै हानाहान भएको थियो। उनीहरुबीच मुक्का हानाहान देखि एकले अर्कालाई समात्दै पछार्दै गरेको दृश्यहरू पनि सार्वजनिक भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 May 2024
Website | + posts