फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय : Icon Khabar

काठमाडौँ, जेठ ४ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।

मन्त्री शर्माले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको जानकारी दिईन्।

त्यस्तै, बैठकले स्टाण्डर्ड नाप र तौल (छैटौं संशोधन) नियमहरु, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्री शर्माले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा लोकनाथ पौड्याललाई बढुवा गरी मधेश प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय बैठकले गरेको बताईन्।

यसैगरी, नेपाल कृषि वन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीो रिक्त पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव (पशुपन्छी विकास) मा पदस्थापन गर्ने । साथै, सचिव डा. दीपककुमार खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव (कृषि विकास)मा सरुवा गर्ने निर्णय बैकठले गरेको छ ।

त्यस्तै, बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको रिक्त कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने र वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

Published Date: 17 May 2024






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता