शुक्रबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घट्यो

शुक्रबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, जेठ ४ । सुनको मूल्य शुक्रबार तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार (जेठ ३ गते) छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेर १८ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १८ सय ५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 17 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास