बुद्धको शिक्षालाई सधैं मनमा राखेर अघि बढ्छु: दक्षिण कोरियाली राष्ट्रपति

बुद्धको शिक्षालाई सधैं मनमा राखेर अघि बढ्छु: दक्षिण कोरियाली राष्ट्रपति : Icon Khabar

काठमाडौं, जेठ २ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफूले बुद्धको शिक्षालाई सधैं मनमा राखेर देशका कामलाई सही ढंगले सञ्चालन गर्न सक्दो प्रयास गर्ने अठोट गरेका छन् ।

बुद्धको जन्मजयन्तीको सन्दर्भमा बुधवार राजधानी सियोलमा बोल्दै राष्ट्रपति येओलले बुध्दका सन्देशबाट प्रेरणा लिएर आफूले देशका मामिलाहरू सही रूपमा सञ्चालन गर्ने वाचा गर्दै यसले जनताको जीविकोपार्जनमा सुधार गर्न र देशलाई चुनौतीहरूबाट पार लगाउन मद्दत गर्ने विश्वास प्रकट गरे ।

युनले बुद्धको जन्मजयन्तीमा दक्षिण कोरियामा सार्वजनिक बिदाको उपलक्ष्यमा बधाई दिँदै न्यानो र खुसी समाज बनाउन आफूले गर्न सक्ने सबै काम गर्ने बताए । सियोलको बुध्द धर्म सम्बन्धी जोग्ये मन्दिरमा आयोजित एक उत्सवमा युनले भने,‘म बुद्धको शिक्षालाई सधैं मनमा राख्दै देशका कामलाई सही ढंगले सञ्चालन गर्न सक्दो प्रयास गर्नेछु ।’

‘हामी तब मात्र शान्तिमा रहन सक्छौं जब हामीले अरूका भिन्नताहरू बुझ्छौं । बुद्धको दयालु शिक्षाहरूले हामीलाई नयाँ, शान्तिमय र सुखी संसारमा अगाडि बढ्न मद्दत गर्दै देशलाई उज्यालो बनाउनेछ,’ राष्ट्रपतिले भने ।

युनले बुद्ध धर्म दक्षिण कोरियाको आध्यात्मिक संस्कृतिको आधार रहेको र समाजलाई स्वस्थ राख्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए ।

Published Date: 15 May 2024






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न