बुद्धको शिक्षालाई सधैं मनमा राखेर अघि बढ्छु: दक्षिण कोरियाली राष्ट्रपति

बुद्धको शिक्षालाई सधैं मनमा राखेर अघि बढ्छु: दक्षिण कोरियाली राष्ट्रपति : Icon Khabar

काठमाडौं, जेठ २ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफूले बुद्धको शिक्षालाई सधैं मनमा राखेर देशका कामलाई सही ढंगले सञ्चालन गर्न सक्दो प्रयास गर्ने अठोट गरेका छन् ।

बुद्धको जन्मजयन्तीको सन्दर्भमा बुधवार राजधानी सियोलमा बोल्दै राष्ट्रपति येओलले बुध्दका सन्देशबाट प्रेरणा लिएर आफूले देशका मामिलाहरू सही रूपमा सञ्चालन गर्ने वाचा गर्दै यसले जनताको जीविकोपार्जनमा सुधार गर्न र देशलाई चुनौतीहरूबाट पार लगाउन मद्दत गर्ने विश्वास प्रकट गरे ।

युनले बुद्धको जन्मजयन्तीमा दक्षिण कोरियामा सार्वजनिक बिदाको उपलक्ष्यमा बधाई दिँदै न्यानो र खुसी समाज बनाउन आफूले गर्न सक्ने सबै काम गर्ने बताए । सियोलको बुध्द धर्म सम्बन्धी जोग्ये मन्दिरमा आयोजित एक उत्सवमा युनले भने,‘म बुद्धको शिक्षालाई सधैं मनमा राख्दै देशका कामलाई सही ढंगले सञ्चालन गर्न सक्दो प्रयास गर्नेछु ।’

‘हामी तब मात्र शान्तिमा रहन सक्छौं जब हामीले अरूका भिन्नताहरू बुझ्छौं । बुद्धको दयालु शिक्षाहरूले हामीलाई नयाँ, शान्तिमय र सुखी संसारमा अगाडि बढ्न मद्दत गर्दै देशलाई उज्यालो बनाउनेछ,’ राष्ट्रपतिले भने ।

युनले बुद्ध धर्म दक्षिण कोरियाको आध्यात्मिक संस्कृतिको आधार रहेको र समाजलाई स्वस्थ राख्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 May 2024






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न