रणवीर कपूरको अभिनय रहेको फिल्म ‘रामायण’ कानूनी झमेलामा

रणवीर कपूरको अभिनय रहेको फिल्म ‘रामायण’ कानूनी झमेलामा : Icon Khabar

मुम्बई, वैशाख ३० । अभिनेता रणवीर कपूरको अभिनय रहेको फिल्म ‘रामायण’ यतिबेला कानूनी झमेलामा परेको छ । नितेश तिवारीको निर्देन रहेको फिल्मको निर्माण कम्पनीबीच कानूनी विवाद सुरु भएको छ ।

सञ्चारमाध्यमका अनुसार फिल्मको प्राइमी प्रोडक्सन हाउस अल्लू मन्टेना मिडिया वेन्चर्स एलएलपी र प्राइम फोकस टेक्नोलोजी लिमिटेडबीच कानूनी विवाद सुरु भएको हो ।

दुई पक्षबीच फिल्मको अधिकार कसले लिने भन्ने विषयमा विवाद चर्किएको छ । दुवै पक्षबीच सन् २०२४ को अप्रिलमा छलफल भएको थियो । तर अधुरो भुक्तानीका कारण अधिकार कसले लिने भन्ने टुंगो लाग्न सकेको छैन ।

अल्लू मन्टेना मिडिया वेन्चर्स एलएलपीले ‘रामायण’को अधिकार आफूसँग रहेको दाबी गरेको छ । उसले प्राइम फोकस टेक्नोलोजी लिमिटेड या कुनै पनि संस्थाले स्क्रिप्टको कुनै पनि उपयोग गरेमा त्यसले प्रतिलिपि अधिकार उल्लंघन गर्ने चेतावनी दिएको छ ।

उसले एक सूचनामार्फत प्राइम फोकस टेक्नोलोजी लिमिटेडको ‘रामायण’मा कुनै अधिकार या स्वामित्व नरहेको जनाएको छ । प्रोडक्सनले आवश्यक परेमा आफूले कानूनी कारवाही गर्ने आशय पनि व्यक्त गरेको छ ।

निर्देशक तिवारीले यो विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । फिल्ममा साउथ सुपरस्टार यश सह–निर्माता छन् ।

Published Date: 12 May 2024


ताजा
मनास्लु र लार्केपास पदयात्रा तत्काल रोक्न प्रशासनको आग्रह
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग


ट्रेन्डिङ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क