रणवीर कपूरको अभिनय रहेको फिल्म ‘रामायण’ कानूनी झमेलामा

रणवीर कपूरको अभिनय रहेको फिल्म ‘रामायण’ कानूनी झमेलामा : Icon Khabar

मुम्बई, वैशाख ३० । अभिनेता रणवीर कपूरको अभिनय रहेको फिल्म ‘रामायण’ यतिबेला कानूनी झमेलामा परेको छ । नितेश तिवारीको निर्देन रहेको फिल्मको निर्माण कम्पनीबीच कानूनी विवाद सुरु भएको छ ।

सञ्चारमाध्यमका अनुसार फिल्मको प्राइमी प्रोडक्सन हाउस अल्लू मन्टेना मिडिया वेन्चर्स एलएलपी र प्राइम फोकस टेक्नोलोजी लिमिटेडबीच कानूनी विवाद सुरु भएको हो ।

दुई पक्षबीच फिल्मको अधिकार कसले लिने भन्ने विषयमा विवाद चर्किएको छ । दुवै पक्षबीच सन् २०२४ को अप्रिलमा छलफल भएको थियो । तर अधुरो भुक्तानीका कारण अधिकार कसले लिने भन्ने टुंगो लाग्न सकेको छैन ।

अल्लू मन्टेना मिडिया वेन्चर्स एलएलपीले ‘रामायण’को अधिकार आफूसँग रहेको दाबी गरेको छ । उसले प्राइम फोकस टेक्नोलोजी लिमिटेड या कुनै पनि संस्थाले स्क्रिप्टको कुनै पनि उपयोग गरेमा त्यसले प्रतिलिपि अधिकार उल्लंघन गर्ने चेतावनी दिएको छ ।

उसले एक सूचनामार्फत प्राइम फोकस टेक्नोलोजी लिमिटेडको ‘रामायण’मा कुनै अधिकार या स्वामित्व नरहेको जनाएको छ । प्रोडक्सनले आवश्यक परेमा आफूले कानूनी कारवाही गर्ने आशय पनि व्यक्त गरेको छ ।

निर्देशक तिवारीले यो विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । फिल्ममा साउथ सुपरस्टार यश सह–निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2024
Website | + posts




ताजा
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने