इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार : Icon Khabar

काठमाडौँ, वैशाख २५ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।

युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल भयो । यसअघि क्रिस्टल प्यालेसले १–० को जित निकालेको थियो ।

सेल्हस्ट पार्कमा खेलको १२औं मिनेटमा माइकल ओलिसेले गोल गर्दै क्रिस्टल प्यालेसलाई १–० को अग्रता दिलाए । उनले ड्यानियल मुनोजको पासलाई सदुपयोग गरे ।

४०औं मिनेटमा जिनफिलिप माटेटाले क्रिस रिचार्ड्सको पासमा गोल गरेपछि क्रिस्टल प्यालेस पहिलो हाफमा २–० ले अघि बढ्यो । ५८औं मिनेटमा टेरिक मिचेलले एडम व्हार्टनले गरेको उत्कृष्ट क्रसमा नजिकबाट ट्याप गर्दै क्रिस्टल प्यालेसलाई ३–० ले अघि बढाए ।

६६औं मिनेटमा ओलिसेले मुनोजकै पासमा गोल गर्दै युनाइटेडलाई ४–० को लज्जास्पद हार चखाए । पहिलो मिनेटदेखि नै ग्लासनरको टोली युनाइटेडविरुद्ध हावी देखिदा नतिजा पनि त्यही अनुसार निकाल्न सफल भयो ।

क्यासेमिरोले दुई पटक गोल गरेपनि मान्यता पाउन सकेन । उनको पहिलो गोलमा डिन हेन्डरसनलाई फाउल तथा दोस्रो गोलमा अफसाइड देखिएको थियो ।

यस नतिजासँगै युनाइटेड अर्काे सिजनको युरोपेली फुटबलमा नहुने सम्भावना छ । युरोपा कन्फरेन्स लिगमा स्थान सुरक्षित गर्नका लागि प्रिमियर लिगमा सातौं स्थानमा पुग्नुपर्छ वा युरोपा लिगमा स्थान बनाउन एफए कपको फाइनलमा म्यानचेस्टर सिटीलाई हराउनुपर्छ ।

युनाइटेड ३५ खेलबाट ५४ अंक जोडेर आठौं स्थानमा छ । क्रिस्टल प्यालेस ३६ खेलबाट ४३ अंक जोडेर १४औं स्थानमा छ ।–एजेन्सी

Published Date: 07 May 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय