इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार : Icon Khabar

काठमाडौँ, वैशाख २५ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।

युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल भयो । यसअघि क्रिस्टल प्यालेसले १–० को जित निकालेको थियो ।

सेल्हस्ट पार्कमा खेलको १२औं मिनेटमा माइकल ओलिसेले गोल गर्दै क्रिस्टल प्यालेसलाई १–० को अग्रता दिलाए । उनले ड्यानियल मुनोजको पासलाई सदुपयोग गरे ।

४०औं मिनेटमा जिनफिलिप माटेटाले क्रिस रिचार्ड्सको पासमा गोल गरेपछि क्रिस्टल प्यालेस पहिलो हाफमा २–० ले अघि बढ्यो । ५८औं मिनेटमा टेरिक मिचेलले एडम व्हार्टनले गरेको उत्कृष्ट क्रसमा नजिकबाट ट्याप गर्दै क्रिस्टल प्यालेसलाई ३–० ले अघि बढाए ।

६६औं मिनेटमा ओलिसेले मुनोजकै पासमा गोल गर्दै युनाइटेडलाई ४–० को लज्जास्पद हार चखाए । पहिलो मिनेटदेखि नै ग्लासनरको टोली युनाइटेडविरुद्ध हावी देखिदा नतिजा पनि त्यही अनुसार निकाल्न सफल भयो ।

क्यासेमिरोले दुई पटक गोल गरेपनि मान्यता पाउन सकेन । उनको पहिलो गोलमा डिन हेन्डरसनलाई फाउल तथा दोस्रो गोलमा अफसाइड देखिएको थियो ।

यस नतिजासँगै युनाइटेड अर्काे सिजनको युरोपेली फुटबलमा नहुने सम्भावना छ । युरोपा कन्फरेन्स लिगमा स्थान सुरक्षित गर्नका लागि प्रिमियर लिगमा सातौं स्थानमा पुग्नुपर्छ वा युरोपा लिगमा स्थान बनाउन एफए कपको फाइनलमा म्यानचेस्टर सिटीलाई हराउनुपर्छ ।

युनाइटेड ३५ खेलबाट ५४ अंक जोडेर आठौं स्थानमा छ । क्रिस्टल प्यालेस ३६ खेलबाट ४३ अंक जोडेर १४औं स्थानमा छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2024
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने