हर्निया कस्तो रोग हो ? लक्षण, बच्ने उपाय लगायत विस्तृत जानकारी

हर्निया कस्तो रोग हो ? लक्षण, बच्ने उपाय लगायत विस्तृत जानकारी : Icon Khabar

काठमाडौँ, वैशाख २० । हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न हुने एक प्रकारको रोग हो । शरीरको कुनै अङ्ग आफ्नो सामान्य स्थितिभन्दा धेरै बढ्यो भने त्यसलाई हर्निया भनिन्छ । यो शरीरको कुनै पनि भागमा हुन सक्छ ।

मानिसलाई धेरैजसो पेटको हर्निया हुन सक्छ । जसलाई हियटल हर्निया भनिन्छ । यसबाट मानिसलाई अत्यन्त पीडा हुन्छ । धेरैजसो हर्निया छालाभन्दा भित्र नै उत्पन्न हुन्छन् । कुनै हर्नियामा दुखाइ नभई खोक्दा अथवा शौच गर्दामात्र देखिने हुन्छ । पेटको एब्डोमिनल वाल कमजोर भएर पेटभित्र रहेको कुनै भाग जब बाहिरतिर निस्किन लाग्छ, यसैलाई हर्निया भनिन्छ । यो विशेष गरी जाँघको विशेष भागको मांसपेशी कमजोर हुनाले पेटबाट बाहिर निस्किन्छ । हर्नियाको समस्या जन्मजात पनि हुन सक्छ । यस्तो स्थितिलाई कन्जेनाइटल हर्निया भनिन्छ । हर्निया कसैलाई पनि हुन सक्छ ।

साधारणतया मानिसहरु हर्नियाको उपचार अपरेशन मात्र हो भन्ने सोचेर डाक्टरको सल्लाह लिन हिचकिचाउँछन् । तर हर्निया चिरफार नगरी पनि ठीक हुन सक्छ । रोग लागेको शंका लागेमा नलजाइकन आफ्नो समस्या बताउनुपर्छ ।

हर्निया शरीरको कुन कुन भागमा हुनसक्छ ?

इन्गुइनल हर्नियाः पेटमुनीको भागमा हुन्छ । यो महिलाको तुलनामा पुरुषमा धेरै हुन्छ ।

अम्बिलिकल हर्नियाः यो पेटको हर्निया हो जसमा बिरामीको आन्द्राको कुनै भाग आफ्नो झिल्लीबाट बाहिर निस्कन्छ । यो निकै कमन छ विशेषगरी पेटको शल्यक्रिया पश्चात् ।

एपिग्याष्ट्रिक : नाइटो र करङ बिचको भागमा यस्तो हर्निया हुन्छ ।

फिमोरल हर्निया : यो तिघ्रामा हुन्छ जसले महिलालाई धेरै दुःख दिएको हुन्छ । यसका साथै लम्बर, प्यारास्थोमल, इन्सिस्नल, हिएटललगायतका हर्निया हुन्छन् ।

हर्निया भएको कसरी शंका गर्ने ?

मोटोपनाका कारण मांशपेशीको बिचमा बोसो जम्मा हुने गर्दछ । यसले मांशपेशीमा दबाब पर्ने गर्दछ । यसले गर्दा पनि हर्निया हुनसक्छ ।
कुनै अंगको शल्यक्रिया भएको छ भने त्यहाँ दबाब पर्छ जसका कारण हर्नियाको आशंका हुन्छ । शल्यक्रियामा पेटको बिचमा टाँका लगाएको छ भने हर्नियाको सम्भावना बढ्ने गर्दछ ।

लामो समयसम्म खोकी लागिरहन्छ भने पनि हर्नियाको सम्भावना हुन्छ किनभने खोक्दा पेटमा दबाब पर्छ । लगातार कब्जियतको समस्या छ भने पनि हर्नियाको समस्या हुनसक्छ । पिसाब गर्न समस्या वा रोकिन्छ भने हर्नियाको आशंका गर्नुपर्छ । गर्भावस्थामा कम प्रोटिन लिएको छ वा पोषणयुक्त आहारको कमी भएको छ भने मांसपेशी कमजोर हुन्छ । यस्तोमा पनि हर्नियाको आशंका बढ्छ ।

६० वर्षभन्दा बढि उमेर भएकाहरुलाई यसको धेरै सम्भावना हुन्छ । मृगौला वा कलेजोको रोग भएकाहरुलाई पनि हर्निया रोग लाग्नसक्छ ।अत्यधिक तौल उठाउनेहरुलाई पनि यो समस्या हुनसक्छ । जो व्यक्ति धेरै भर्याङ चढ्ने र झर्ने गर्छन् उनीहरुमा पनि हर्नियाको सम्भावना बढ्छ ।

हर्नियाका चरणहरुः

रिड्युसेबलः यसमा शरिरको अंग बाहिर निस्कने र भित्र जाने गर्दछ । थुप्रै पटक बाहिर निस्केको अंगलाई हातले भित्र छिराइन्छ । यो चरणसम्म शल्यक्रिया नगरे पनि हुन्छ । यसमा योजना बनाएर शल्यक्रिया गराउन सकिन्छ ।

इररिड्युसेबलः यसमा अंग क्याभिटी बाहिर निस्किएपछि भित्र जाँदैन । त्यसपछि शल्यक्रिया गर्नैपर्ट । यस्तो अवस्थामा चाँडै नै शल्यक्रिया गराउनुपर्छ ।

र्स्ट्याङ्गुलेटेडः यदि आन्द्रा भित्र अड्किन्छ भने यो कुहिने स्थितीमा पुग्छ । यसले आपतकालीन स्थिती निम्त्याउँछ र ६ घण्टाभित्र शल्यक्रिया गर्नुपर्ने हुन्छ । साधारणतया यो स्थिती सानो हर्नियासँग हुन्छ जुन बाहिर निस्किएर फस्ने गर्दछ । यस्तोमा राम्रो के हुन्छ भने हर्नियाको आकार सानो हुँदा नै शल्यक्रिया गराउने ।

हर्नियाको शंका लागेमा ढिलो नगर्नुहोस् ।

शरीरको कुनै पनि भागमा सुन्निएको महसुस भए डाक्टरलाई देखाइहाल्नुहोस् । पीडा हुँदा त जानै पर्छ तर साधारणतया पीडा पछिल्ला चरणमा देखिन्छ र त्यतिबेलासम्म स्थिती खराब भइसकेको हुनसक्छ ।

उपचारः

यसलाई औषधीले काम गर्दैन । पीडा हुँदा पेन किलरको रुपमा प्यारासिटामोल खान सक्नुहुन्छ । धेरै नै दुख्यो भने ट्रामडल खान सक्नुहुन्छ । तर पेनकिलरको प्रयोग निकै कम मात्रामा गर्नुपर्छ र कुनै पनि औषधी खानुपुर्व डाक्टरको सल्लाह लिनुपर्छ । पीडाबाट छुटकारा पाउनका लागि हट वाटर ब्यागले सेक्नुहोस् । यसले मांसपेशी रिल्याक्स हुन्छ र पीडा पनि कम हुन्छ । यो स्ट्रक्चरल डिफेक्ट भएका कारण शल्यक्रिया आवश्यक छ । शल्यक्रिया सुरुमा नै गराउँदा राम्रो नभए यसको आकारमा वृद्धि भयो भने थप समस्या पर्नसक्छ ।

हर्निया हुन नदिन केके गर्ने ?

  • तौललाई नियन्त्रणमा राख्ने ।
  • पौष्टिक खाना खाने । प्रोटिन डाइट लिने ताकी मांशपेसी बलियो होस् ।
  • धुम्रपानबाट टाढै रहने । यसले खोकी निम्त्याउँछ । लामो समयसम्मको खोकी हर्नियाको कारण बन्न सक्छ ।
  • पिसाबसम्बन्धि रोग लाग्न नदिन पर्याप्त पानी पिउने ।
  • धेरै तौल नउचाल्ने ।
  • एकै पटक अत्याधिक र चाँडै चाँडै सिँढी नचढ्ने ।
  • पेटलाई बलियो बनाउने व्यायाम र योग गर्ने ।
  • मलाशयको सफाइ सही ढंगले गर्ने ।
  • प्रोटिन अथवा भिटामिन सीको सेवन गर्ने
  • आरामदायी भित्री वस्त्र लगाउने
  • पेटको मांसपेशीलाई दबाब दिने कार्यबाट बच्ने
  • कब्जियतको समस्या छ भने त्यसको तुरुन्त उपचार गर्ने
  • रेशादार अथवा फाइबरयुक्त पदार्थको सेवन गर्ने

हियेटल हर्निया

हियेटल हर्निया भनेको पेटसम्बन्धी रोग हो । अक्सर खानेकुरा खाएको बखत मात्र होइन, अन्य समयमा पनि पेट फुल्ने, ढुस्स हुने समस्या छ भने हियेटल हार्नियाको लक्षण हुनसक्छ । हुन त अपच, एसिडिटीले पनि यस्तो समस्या निम्त्याउँछ । तर, सामान्य अवस्थामा पनि पेट भारी हुने र फुल्ने गर्छ भने त्यो एसिडिटी वा अपच मात्र नहुन सक्छ, हयेटल हार्निया हुनसक्छ ।

सामान्यतया हाम्रो अन्ननली घाटी भएर पेटसम्म पुग्ने गर्छ । यसको बीचमा एउटा सानो भाग हुन्छ जसले छातीलाई पेटको अंगसँग एकअर्काबाट टाढै राखी शरीरको दुई क्षेत्रलाई दुई हिस्सामा विभाजित गर्छ, जसलाई हियेटल भन्ने गरिन्छ । केही परिस्थितिमा हियेटल सामान्य आकार भन्दा केही ठूलो हुने गर्छ । यस्तो अवस्थामा पेटको तल्लो भागमा हुने हियेटलको केही भाग सरेर माथितर आउने गर्छ । यो स्थितिलाई नै चिकित्सकीय भाषामा हियेटल हर्निया भन्ने गरिन्छ ।

हियेटल हर्नियाका लक्षण

  • हियेटल हर्निया भएमा खाना खाए लगत्तै खाना माथि माथि आएको महसुस हुने गर्छ ।
  • पेट भारी रहनुका साथै पेट भरिएको तथा खाना पेटको माथिल्लो भागमै रहेको महसुस हुने गर्छ ।
  • हियेटल हर्निया एसिडिटी बढ्ने गर्छ । कयौ पटक छाती पोल्ने, दुख्ने समेत हुनसक्छ ।
  • खाना निल्नमा समस्या हुनु, खाना अड्किनु, सास फुल्नु, अपच तथा वाकवाकी महसुस हुनु पनि हियेटल हर्नियाका लक्षण हुन् ।

बच्ने तरीका

  • धेरै चिल्लो, पिरो तथा मसलेदार खानेकुराको सेवन नगर्ने
  • खाना खाए लगत्तै नसुत्ने । अन्यथा खाना पेट नलीबाट अन्न नलीतर्फ गएर समस्या उत्पन्न हुनसक्छ ।
  • खाना खाँदा मज्जाले चपाएर खाने । र, थोरै थोरै खाने ताकी आफूले खाएको खाना सजिलै पच्न सकियोस् ।
  • वजनलाई नियन्त्रण राख्नुपर्छ । किनकी अतिरिक्त तौलका कारण हियेटल हर्निया भएमा पेटमा भारीपना वा दवाब महसुस हुनसक्दछ ।
  • मदिरा, चिया कफी लगायत अत्याधिक तातो कुराको सेवन नगर्ने

हर्निया भएमा निम्नलिखित कुराहरुमा ध्यान दिनुहोस् :

कुनै पनि सामान उठाउँदा आफूलाई सहज हुने तरिकाले उठाउनुहोस् । यसको लागि डाक्टरसँग सल्लाह पनि लिन सकिन्छ । आफ्नो तौल बढ्न नदिनुहोस् । तौल बढेमा यसले समस्या झन् बढाउन सक्छ । तौल धेरै छ भने त्यसलाई नियन्त्रण गर्नुहोस् । विशेषज्ञबाट आहारको सूची तयार गरी सोहीअनुसार नियमित भोजन गर्नुहोस् ।

कब्जियतले समस्यालाई अझै बढाउन सक्ने भएकाले पाचनप्रणालीलाई बिग्रिन नदिनुहोस् । यसको लागि फाइबरयुक्त आहारमा बढी जोड दिनुहोस् । साथै, तरल पदार्थको सेवन बढी गर्नुहोस् । समयमै शौचालय जाने बानी बसाल्नुहोस् । रोकेर राख्ने बानीले समस्या बढाउन सक्छ ।

अल्ट्रा साउण्डबाट हर्नियाको परीक्षण

अल्ट्रासाउण्ड गरी हर्निया भए नभएको पत्ता लगाउन सकिन्छ । यसमा ध्वनि तरंगको माध्यमले शरीरको भित्री भागको तस्वीर खिचिन्छ । यसले मानिसको मांसपेशीबीचको खाली भाग कति छ भन्ने थाहा पाउन सकिन्छ । यसले हर्नियाको बारेमा जानकारी दिन सक्छ ।

अल्ट्रासाउण्डबाट शरीरभित्र भएको कुनै पनि समस्याले तपाईंलाई पीडा त दिएको छैन भनी त्यसको कारण पत्ता लगाउन पनि सकिन्छ । कुनै अवस्थामा सिटीस्क्यिान अथवा एमआरआई गर्न पनि डाक्टरले सल्लाह दिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ