आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख २० । आज २०८१ वैशाख २० गते बिहीबार, तद्अनुसार २ मे २०२४ । आज कृष्ण पक्ष नवमी तिथी, धनीष्ठा नक्षत्र, शुक्ल योग, चन्द्र राशि मकर, सूर्योदय बिहानः ०५ः२४ बजे, सूयास्त साँझ ०६ः३८ बजे ।

मेष: आज रोकिएको धन पाइने छ । मनको चञ्चलतामा नियन्त्रण राख्नु होला । लगानी लाभप्रद रहने छ ।

वृष: प्रतिद्वन्दिता रहने छ । नजिकका मानिसहरुको सहयोग समयमै पाइनाले प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

कर्कट: कार्यमा रुकावट आउने छ । नकारात्मकता बढ्ने छ । कुनै पनि कार्यमा हतार नगर्नु होला ।

सिंह: प्रयास सफल रहने छ । कुनै ठूलो कार्यको समस्या हट्ने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

कन्या: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ ।

तुला: उत्तेजनामा नियन्त्रण राख्नु होला । जीवनसाथीको सहयोग पाइने छ । अप्रत्याशित लाभको योग छ ।

वृश्चिक: खर्च बढ्ने छ । थकान महसूस हुनेछ । मेहनतको फल प्राप्त हुनेछ ।

धनु: अज्ञात भय अथवा चिन्ता रहने छ । यात्रा सफल रहने छ । धनार्जन हुनेछ ।

मकर: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । सामजिक कार्य गर्ने इच्छा जागृत हुनेछ ।

कुम्भ: रोकिएको धन पाइने छ । पूजा–पाठ तथा सत्सङमा मन लाग्ने छ । प्रसन्नताको वातावरण रहने छ ।

मीन: क्रोध अथवा उत्तेजनामा नियन्त्रण राख्नु होला । साथी अथवा आफन्तको सहयोग पाइने छ । आम्दानी भैरहने छ ।

Published Date: 02 May 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय