एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि आज नेपाल र युएई भिड्दै

एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि आज नेपाल र युएई भिड्दै : Icon Khabar

काठमाडौँ, वैशाख ७ । आज (शुक्रबार) एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदैछन् । बुधबार समूह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको थियो ।

समूह ‘ए’ बाट नेपाल समूह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समूह ‘बी’ बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११ः ४५ बजेदेखि शुरु हुनेछ ।

नेपाल र युएई एसोसियट्स देशका चीरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । यी दुईबीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी–२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दैछन् । यो खेल अपराहन्न ४ः १५ बजेदेखि शुरु हुनेछ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)