एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि आज नेपाल र युएई भिड्दै

एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि आज नेपाल र युएई भिड्दै : Icon Khabar

काठमाडौँ, वैशाख ७ । आज (शुक्रबार) एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदैछन् । बुधबार समूह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको थियो ।

समूह ‘ए’ बाट नेपाल समूह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समूह ‘बी’ बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११ः ४५ बजेदेखि शुरु हुनेछ ।

नेपाल र युएई एसोसियट्स देशका चीरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । यी दुईबीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी–२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दैछन् । यो खेल अपराहन्न ४ः १५ बजेदेखि शुरु हुनेछ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुनेछन् ।

Published Date: 19 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न