सेयरबजारमा लगातार गिरावट, आज दोहोरो अङ्कले घट्यो नेप्से

सेयरबजारमा लगातार गिरावट, आज दोहोरो अङ्कले घट्यो नेप्से : Icon Khabar

काठमाडौँ, वैशाख ६ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से सूचक १९.५६ अंकले घटेर १९७२.१४ विन्दुमा झरेका छ।

यता कारोबार रकम पनि घट्दै गएको छ। बिहीबार कुल २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.७२ प्रतिशतले घटेको छ भने विकास बैंक उपसमूहको सूचक पनि १.४६ प्रतिशतले घटेको छ।

यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.९४ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको ६.२१ प्रतिशत र मध्ये भोटेकोशी हाइड्रोपावरको ५.७० प्रतिशतले बढेको छ। यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ९.३९ प्रतिशत र सिवाइसिएल लघुवित्तको ६.१२ प्रतिशतले घटेको छ।

बिहीबार गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १७ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सुर्य ज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाँ र पोखरा फाइनान्सको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Published Date: 18 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी