‘मन विनाको धन ठूलो कि धन विनाको मन’ नाममा फिल्म बन्ने

‘मन विनाको धन ठूलो कि धन विनाको मन’ नाममा फिल्म बन्ने : Icon Khabar

काठमाडौँ, वैशाख ६ । बाल–गायक अशोक दर्जी र गायक टंक बुढाथोकीको स्वरमा समावेश ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ बोलको गीत निकै चर्चामा रह्यो । यो गीतले अशोकलाई स्थापित पनि गर्यो ।

अब, यही गीतको बोलमा फिल्म बन्ने भएको छ । फिल्मलाई गायक टंक वुढाथोकीले नै निर्माण गर्ने भएका छन् ।

यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । शिवम्ले कथा लेखेर टंकलाई वुझाइसकेका छन् । यो फिल्ममा अशोक दर्जीकै अभिनय रहने वुझिएको छ । निर्माणपक्षले यसको बारेमा अहिलेसम्म केही पनि बोलेको छैन ।

लण्डनमा बस्दै आएका विनय अधिकारीसँग मिलेर टंकले यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन पनि टंक आफैले गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन