‘मन विनाको धन ठूलो कि धन विनाको मन’ नाममा फिल्म बन्ने

‘मन विनाको धन ठूलो कि धन विनाको मन’ नाममा फिल्म बन्ने : Icon Khabar

काठमाडौँ, वैशाख ६ । बाल–गायक अशोक दर्जी र गायक टंक बुढाथोकीको स्वरमा समावेश ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ बोलको गीत निकै चर्चामा रह्यो । यो गीतले अशोकलाई स्थापित पनि गर्यो ।

अब, यही गीतको बोलमा फिल्म बन्ने भएको छ । फिल्मलाई गायक टंक वुढाथोकीले नै निर्माण गर्ने भएका छन् ।

यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । शिवम्ले कथा लेखेर टंकलाई वुझाइसकेका छन् । यो फिल्ममा अशोक दर्जीकै अभिनय रहने वुझिएको छ । निर्माणपक्षले यसको बारेमा अहिलेसम्म केही पनि बोलेको छैन ।

लण्डनमा बस्दै आएका विनय अधिकारीसँग मिलेर टंकले यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन पनि टंक आफैले गर्ने तयारी गरेका छन् ।

Published Date: 18 April 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय