गगन थापाको प्रस्ताव : कांग्रेस–एमाले मिलौं, साना दोकान बन्द गरौंं

गगन थापाको प्रस्ताव : कांग्रेस–एमाले मिलौं, साना दोकान बन्द गरौंं : Icon Khabar

कैलाली, वैशाख ४ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सिर्जना गर्नुपर्ने अवस्था रहेको बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रञ्जिता विवादलाई संकेत गर्दै उनले साना पार्टीका कारण घर झगडा बढिरहेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘साना पार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ’ उनले भने । थापाले नेपाली कांग्रेसले आगामी एक वर्षसम्म सरकारमा जान नहुने बताएका छन् । ‘२०८१ सालभरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटारतिर पनि फर्केर नहेरौँ’ उनले भने । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताएका छन् ।

गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए । उनले सरकारमा जाँदा होस् या मन्त्री बन्दा गुट बलियो बनाउने गरी लागेको आरोप लगाए । ‘हाम्रो सदस्यता वितरणबाटै गुटबन्दी सुरु हुन्छ’ उनले भने ‘कांग्रेसको सदस्य बन्न कसैलाई रोक्नु हुँदैन ।’ सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन आवश्यक रहेको उनले बताएका छन् ।

Published Date: 16 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी