आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ? : Icon Khabar

काठमाडौँ, वैशाख ३ । सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेकाे थियो।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदी १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

Published Date: 15 April 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु