आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ? : Icon Khabar

काठमाडौँ, वैशाख ३ । सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेकाे थियो।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदी १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 April 2024
Website | + posts