भक्तपुर, वैशाख १ । भक्तपुरको बिस्का:जात्रा बर्षभरि यहाँ मनाईने विभिन्न जात्राहरुमध्ये सवैभन्दा लामो अनि महत्वपूर्ण जात्रा मानिन्छ । यहाँ बिस्काको अर्थ के हो अति महत्वपूर्ण सवाल छ । त्यसको विश्लेषण गर्नु आवश्यक छ । र बिस्काको शाब्दिक अर्थ खोज्ने क्रममा ऐतिहासिक एवम आख्यान दुवैलाई मध्यनजर गरि छुट्टाछुट्टै रुपमा गर्न सकिन्छ । जुन एकअर्कासित फरक छ ।
आख्यानलाई आधार बनाएर हेर्ने क्रममा नागनागिनीको जात्राको रुपमा बि स्यात खात अर्थात सर्प मार्यो अनि झुण्डायो को अप्रभषं नै बिसक्यात भयो । जुन पछि बिस्का कहलिन पुग्यो । यता ऐतिहासिक प्रमाणको आधारलाई नजरअन्दाज गर्ने हो भन्ने बिश्वकेतु जात्राको अप्रभषं नै बिसक्यात हो । यसैलाई स्थानीय जनजिब्रा्ेले बिस्का बोलिन पुग्यो ।
भक्तपुरको बिस्का: जात्रा काठमाण्डौं उपत्यका र वरपरको तत्कालिन नेपाल मण्डलमा मनाउने विभिन्न जात्राहरुमध्ये एक महत्वपूर्ण जात्रा संस्कृति हो । भैरव, भद्रकाली , योसींद्यः को प्रमुख जात्रा हुने यो जात्राको प्राचीन स्वरुप चैत्र मसान्तको दिन योसीं द्यः उठाउने र बैशाखको पहिलो दिन उक्त योसीं ढाल्नु हो । योसींद्यः मा एकजोडा ध्वजा हुन्छ । जसलाई कतै नागनागिनी भनि विभिन्न आख्यान किवंदन्ति प्रचलित छ । यहि ध्वजा नै बिश्वकेतु हो । जसलाई यहाँको स्थानीय भाषामा हलिंंपत भनिन्छ ।
जहाँ हलिंं भन्नाले विश्व अनि पत भन्नाले ध्वजा भनेर स्पष्ट छ । पछिल्ला समयमा यो विश्वध्वज अर्थात हलिंपत बिजयको प्रतिक वीर ध्वजा बाट समेत चिनियो। जहाँ एउटा ३५ हात लामो जसलाई भाले र अर्को ३४ हात लामो लाई पोथी मानिन्छ । र यो नागनागिनी पनि भनिन्छ । तर यसमा कुँदिएका अष्टमंगलका चिन्हहरु, भैरब, गणेश, त्रिशुल, षटकोण, त्रिकोण अग्नि ,शक्ति, बञ्चरो, ईन्द्रको बज्र, हिटिमगं, अनेक मण्डलचित्रहरु, चन्द्र सूर्य, फूलमालाहरु, कमलको फुल लगायत अनेक तान्त्रिक चित्रहरुबाट सु–सज्जित हुने क्रममा कतै नागनागिनीको संकेत भेटिदैन ।
बरु ध्वजाको छेउछाउमा रहेको नृपुर, बतासे घण्टा (फयगांं) र रंगीन धागोको आकर्षक बुट्टाहरुले ध्वजा अत्यन्त राम्रो देखिन्छ । हावामा लहराएका यी दुई ध्वजा एक आपसमा ठोकिदा वा हल्लिंदा फयगांको आवाजले अत्यन्त कर्णप्रीय संगित गुन्जेको हुन्छ । यहि ध्वजालाई प्रर्दशन गर्न बडेमाको सल्लाको रुख जसलाई योसींं भनिन्छ , यो नै वास्तविक भक्तपुरको बिस्का जात्रा हो । यसलाई हालको स्वरुपमा आठरात नौ दिनसम्मको प्रचलन पछि विकास भएको देखिन्छ ।
चैत्र शुक्ल मसान्त चार दिन अगाडि देखि वैशाख ५ गतेसम्म आठरात नौ दिनसम्म मनाइने बिस्का: जात्रा भित्र द्यःक्वाँहा बिज्याकेगु जात्रा, द्यःथाहाँ बिज्याकेगु भनिने भैरब भद्रकालीको जात्रा, योसीं थनेगु, योसीं क्वथेगु भनि चिनिने लिगों जात्रा, दुमाजु जात्रा, इन्द्रायणीको त्वारिवा जात्रा, बाराहीको टिप्वाः जात्रा, महाकाली महालक्ष्मीको ख जात्रा, ब्रह्मायणी माहेश्वरीको ख जात्रा, जेठागणेश बुल्चा भैरबको ख जात्रा, इनारे गणेश(सूर्यविनायक गणेश)को ख जात्रा, ल्हाः मरु योसीं जात्रा, छुम्ह गणेश जात्रा, द्यःस्वगं बियेगु जात्रा जस्ता थुप्रै जात्राहरु हुन्छ ।
Published Date: 13 April 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news