धमाधम डिलर नेटवर्क विस्तार गर्दै रिलायन्स ग्रुप

धमाधम डिलर नेटवर्क विस्तार गर्दै रिलायन्स ग्रुप : Icon Khabar

काठमाडाैँ, चैत १५ । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक नियुक्त भए पश्चात ग्राहक सामू आफ्नो पहुँच बढाउन धमाधम डिलर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको छ ।

यस अनुसार झम्सिखेलमा अवस्थित फ्ल्यागसिप शोरुमबाट आजदेखि सवारी साधन बिक्री प्रारम्भ गरेको छ । हाल उक्त शोरुममा जीहो ब्रान्डका एई६ प्लस र एई८ मोडल उपलब्ध हुनेछन् भने आगामी अप्रिल महिना देखि सीएफ मोटो बाइकका साथ शोरुमको ग्रान्ड लन्च गर्ने योजना भएको कम्पनीको भनाइ छ ।

ललितपुरको झम्सिखेलस्थित उक्त नयाँ शोरुम करिव २ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । ग्राहकको सहजताका लागि उक्त शोरुमको वातावरण पनि त्यसै अनुसार निर्माण गरिएको छ ।

ऋषि ट्रेड सेन्टरले हाल नक्सालस्थित शोरुमबाट जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गर्दै आएको छ भने कालोपुलस्थित सर्भिस सेन्टरमार्फत सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउदै आएको छ । भक्तपुरको सल्लाघारीस्थित रहेको डिलर राइडर्स ग्रुपमार्फत सीएफ मोटो र जीहोको बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउदै आएको छ ।

जीहो ब्रान्डका एई६ प्लस र एई८ इलेक्ट्रिक स्कुटर दुई पांग्रे सामान्य सवारी साधन मात्र नभई प्रविधि, डिज़ाइन र फरक कार्यक्षमता भएका प्रिमियम इलेक्ट्रिक स्कुटर भएको कम्पनीको भनाइ छ ।

जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, स्ट्यान्ड एन्ड सिट सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम (जेड–बीएमएस), पावरफुल मोटर, छोटो समयमै चार्ज हुने चार्जर, किलेस अपरेसन -एनएफसी कार्ड र १४० देखि १६० किलोमिटर सम्म रेन्ज पाउन सक्ने विविध विशेषताका कारण जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर फरक रहेको कम्पनीको भनाइ छ ।

Published Date: 28 March 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु