विमानस्थलमा यात्रुहरुलाई दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नुस: गृहमन्त्री लामिछाने

विमानस्थलमा यात्रुहरुलाई दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नुस: गृहमन्त्री लामिछाने : Icon Khabar

काठमाडौं, चैत १३ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुहरुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न आग्रह गरेका छन् ।

काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीहरुसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहानुभूतिसहित सकारात्मक व्यवहार गरी सेवाग्राहीलाई परिवर्तनको अनुभूति दिलाउन कर्मचारीहरुलाई निर्देशन दिए ।

‘विदेशीका लागि अध्यागमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । मन्त्रालय निर्देशन, होइन सहकार्य गर्न तत्पर छ,’ उनले भने ।

केही खराव मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको उल्लेख गर्दै लामिछानेले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्न आग्रह पनि गरे ।

अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउन, जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन चुनौती रहेपनि सुधार गर्न सकिने आधारहरु प्रस्तुत गरे ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए ।

Published Date: 26 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास