मंगलबार सामान्य अंक बढ्यो नेप्से

मंगलबार सामान्य अंक बढ्यो नेप्से : Icon Khabar

काठमाडाैँ, चैत १३ । मंगलबार नेप्से परिसूचक १०.१४ अंक बढेर २०४१.७० विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० स्टकको ४९ हजार ५१२ पटकको कारोबारमा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ।

मंगलबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज दोल्टी पावर कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, विन नेपाल लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको धौलागिरी लघुवित्तको शेयरमूल्य भने यस दिन सर्वाधिक ९.३५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयलको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम ८ करोड नाघेको छ।

१३ उपसमूहमध्ये मंगलबार १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। वित्त, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू