आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

आज नेपाल र नेदरल्यान्ड्स खेल्दै : Icon Khabar

काठमाडौँ, फागुन १६ । टी-२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन्। खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यसअघि लिग-२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो ।

Published Date: 28 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय