नेपाल ‘ए’ ले क्यानडालाई दियो १८२ रनको लक्ष्य

नेपाल ‘ए’ ले क्यानडालाई दियो १८२ रनको लक्ष्य : Icon Khabar

काठमाडौं, फागुन १० । एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ए ले क्यानडा-११ लाई जितका लागि १ सय ८२ रनको सामान्य योगफल खडा गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोड्यो। नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडे पनि कसैले ३० रन कटाउन सकेनन्।

पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो। ब्याटरहरुले राम्रो सुरुवात पाए पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन्।

ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए। लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे।

२१औं ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए। उनले ५३ बलमा २ चौकासहित २७ रन जोडे। २४औं ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए। उनले २८ बलमा ३ चौका र १ छक्का सहित २४ रन बनाए। उनी आउट हुँदा नेपाल ८७-४ को स्थितिमा थियो।

रशिदले खान २५ बलमा १९ रन जोडे। सुजन थपलियाले कीर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए।
बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो। त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै हर्षको बलमा क्याच आउट भए।

लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए। अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 February 2024
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू