रवि लामिछानेको चेतावनी : किसानले सरकार ढाल्ने क्षमता राख्छन्, होशियार रहनुहोला

रवि लामिछानेको चेतावनी : किसानले सरकार ढाल्ने क्षमता राख्छन्, होशियार रहनुहोला : Icon Khabar

काठमाडौं, फागुन १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम सांसद रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राखेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भीर हुन आग्रह गरेका हुन्।

उनले भने, ‘किसानको दुध र मह खेर गएको अवस्थामा पाउडरको दूध र नक्कली मह विदेशबाट आयात भईरहेको छ। किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्छन् होसियार रहनुहोला।’

उनले मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएको भन्दै सिंहदरबारले वार्ता र मिटरब्याजीहरुको समस्या समाधानको लागि ढोका खोल्नुपर्ने बताए।

भूमीहिन सुकुम्बासीहरुलाई चुनावी फन्डाका लागि भूमि दिने भनेर आश्वासन दिइएको भन्दै यसलाई चुनावी फन्डा होइन सुकुम्बासी आयोगले भूमीहिन आयोगले विशेष ध्यान दिनुपर्ने बताए।

Published Date: 22 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास