काठमाडौंमा श्रीमती र दुई बालिकाको हत्यापछि राजुले गरे आत्महत्या

काठमाडौंमा श्रीमती र दुई बालिकाको हत्यापछि राजुले गरे आत्महत्या : Icon Khabar

काठमाडौँ, फागुन ९ । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ । सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी पूर्णिमाकुमारी चन्दले श्रीमती र दुई बालिकाको हत्यापछि ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुण्डिएको अवस्थामा राजुलाई फेला परेको जानकारी दिइन् ।

‘बिहान साढे ७ बजेको घटना रहेछ’ एउटा आफ्नै छोरी र अर्को नातिनीको हत्या गरेछन्’, एक प्रहरीले भने । उनका अनुसार राजुका दुई जना छोराहरु छन् । ‘बिहान ८ बजेतिर सासु रुकमाया श्रेष्ठ र ससुरा इन्द्रजितलाई फोन गरेर मैले तपाईंको छोरीलाई मारिसकेँ, घरमा गएर हेर्नुहोस् भनेका रहेछन्’, ती प्रहरी अधिकारीले भने, ‘फोनमा अब म पनि मर्छु भनेपछि ससुरालीले नै पहिले प्रहरीमा खबर गरेका रहेछन् ।’

उनीहरु भाडाको घरमा बस्दै आएका थिए । आफन्तले दिएको जानकारीअनुसार घरमा त्यस्तो झैझगडा गरेको पनि जानकारी पाइएको थिएन । राजुले मादक पदार्थ पनि सेवन नगर्ने हुँदा के कारणले हत्यापछि आत्महत्या भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । अहिलेसम्म शव उठाइएको छैन । बद्रीप्रसाद बजगाइँको घरमा उनको परिवार भाडामा बस्दै आएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित