नामिबियाविरुद्ध नेपालले टस हार्‍यो,पहिले ब्याटिङ गर्ने

नामिबियाविरुद्ध नेपालले टस हार्‍यो,पहिले ब्याटिङ गर्ने : Icon Khabar

काठमाडौँ, फागुन ९ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्नेछ । नामिबियाका कप्तान जेरार्ड इरासमसले टस जितेर पहिले बलिङ रोजेका छन् ।

नेपालले आज करण केसीलाई खेलाएको छ । पछिल्लो खेलबाट गुलशन झा बाहिर छन् ।

नेपालले पहिलो खेलमा नामिबिया विरुद्ध ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नामिबिया भने आफ्नो दोस्रो खेलमा डच टोलीविरुद्ध पराजित भएको थियो ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशी

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, गुलशन झा

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, ज्याक ब्रासेल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे

बेन्च : मलान क्रुगर, बेन शिकोंगो, सन फौसी, टांगेनी लुंगामेनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू