नामिबियाविरुद्ध नेपालले टस हार्‍यो,पहिले ब्याटिङ गर्ने

नामिबियाविरुद्ध नेपालले टस हार्‍यो,पहिले ब्याटिङ गर्ने : Icon Khabar

काठमाडौँ, फागुन ९ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्नेछ । नामिबियाका कप्तान जेरार्ड इरासमसले टस जितेर पहिले बलिङ रोजेका छन् ।

नेपालले आज करण केसीलाई खेलाएको छ । पछिल्लो खेलबाट गुलशन झा बाहिर छन् ।

नेपालले पहिलो खेलमा नामिबिया विरुद्ध ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नामिबिया भने आफ्नो दोस्रो खेलमा डच टोलीविरुद्ध पराजित भएको थियो ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशी

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, गुलशन झा

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, ज्याक ब्रासेल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे

बेन्च : मलान क्रुगर, बेन शिकोंगो, सन फौसी, टांगेनी लुंगामेनी

Published Date: 21 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास