कस्तो छ आज देशभरिको मौसम ?

कस्तो छ आज देशभरिको मौसम ? : Icon Khabar

काठमाडौँ, फागुन ९ । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार अहिले बिहान मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Published Date: 21 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक