फिल्म ‘बोक्सीको घर’को फस्टलुक सार्वजनिक

फिल्म ‘बोक्सीको घर’को फस्टलुक सार्वजनिक : Icon Khabar

काठमाडौँ, फागुन २ । नायिका केकी अधिकारीले निर्माण गरेको  फिल्म ‘बोक्सीको घर’को फस्टलुक सार्वजनिक भएको छ । वैशाखको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्मको फस्टलुक सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको हो ।

पोस्टरमा फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक डिजाइन तयार पारिएको छ । पोस्टरमा कपाल फिँजाएर रातो साडी लगाएकी एक महिलालाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ ।

फिल्मको पोस्टरमा पात्रको अनुहार देखाइएको छैन । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । राज घिमिरे कार्यकारी निर्माता रहेको फिल्मका निर्माता बद्री अधिकारी हुन् ।

यो फिल्मलाई नेपालसँग विदेशमा पनि एकसाथ रिलिज गरिनेछ । साथमा विभिन्न महोत्सवमा पनि फिल्म लैजाने तयारी गरिएको छ ।

यो फिल्ममा केकीको साथमा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन छ ।

Published Date: 14 February 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग