फिल्म ‘बोक्सीको घर’को फस्टलुक सार्वजनिक

फिल्म ‘बोक्सीको घर’को फस्टलुक सार्वजनिक : Icon Khabar

काठमाडौँ, फागुन २ । नायिका केकी अधिकारीले निर्माण गरेको  फिल्म ‘बोक्सीको घर’को फस्टलुक सार्वजनिक भएको छ । वैशाखको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्मको फस्टलुक सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको हो ।

पोस्टरमा फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक डिजाइन तयार पारिएको छ । पोस्टरमा कपाल फिँजाएर रातो साडी लगाएकी एक महिलालाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ ।

फिल्मको पोस्टरमा पात्रको अनुहार देखाइएको छैन । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । राज घिमिरे कार्यकारी निर्माता रहेको फिल्मका निर्माता बद्री अधिकारी हुन् ।

यो फिल्मलाई नेपालसँग विदेशमा पनि एकसाथ रिलिज गरिनेछ । साथमा विभिन्न महोत्सवमा पनि फिल्म लैजाने तयारी गरिएको छ ।

यो फिल्ममा केकीको साथमा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2024
Website | + posts