आज नेपाल र क्यानडाबीच दोस्रो वनडे इन्टरनेशनल

आज नेपाल र क्यानडाबीच दोस्रो वनडे इन्टरनेशनल : Icon Khabar

काठमाडौं, माघ २७ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिवार क्यानाडाविरुद्धको एकदिवसीय सीरीजको दोस्रो खेल खेल्दै छ । यो खेल टियु मैदानमा बिहान ९ः१५ बजेदेखि प्रारम्भ हुनेछ ।

यस अघि बिहीवार सम्पन्न सीरीजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सीरीजमा १–० को अग्रता कायम गरेको छ ।

नेपालले आजको खेल जितेर सीरीजमा कब्जा जमाउन चाहने छ भने क्यानडाले यो खेल जितेर सीरीजमा कमब्याक गर्न चाहने छ । नेपालले सीरीजको तेस्रो तथा अन्तिम खेल १२ फेब्रुअरी अर्थात माघ २९ गते खेल्ने छ ।

क्यानडाविरुद्धको सीरीजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिम खेलिरहेको छ । क्यानडाविरुद्ध रिजन ढकाल र सुर्य तामाङले डेब्यू गरेका छन् । यो सीरीजमा करण केसी, दिपेन्द्र सिंह ऐरी, गुलशन झा लगायतलाई भने आराम दिइएको छ ।

क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल ९कप्तान०, आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो । त्यस्तै क्यानडाले आईसीसी टी(२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी(२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।

Published Date: 10 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास