जोर्डन एएफसी एसियन कपको फाइनलमा प्रवेश

जोर्डन एएफसी एसियन कपको फाइनलमा प्रवेश : Icon Khabar

काठमाडौँ, माघ २४ । जोर्डन एएफसी एसियन कपको फाइनलमा पुगेको छ। गएराति सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै जोर्डन फाइनलमा पुगेको हो।

दक्षिण कोरियालाई पराजित गर्न याजन अल नामट र मउसा अल तमारीले गोल गरे। ५३ औं मिनेटमा याजन र ६६ औं मिनेटमा मउसाले गोल गरेका थिए।

पराजित भएसँगै दक्षिण कोरिया सन् १९६० यता एसियन कपको उपाधि जित्ने लक्ष्य यसपटक पनि पूरा हुन सकेन। जोर्डन पहिलो पटक फाइनल पुगेको हो।

जोर्डनले उपाधिका लागि इराक र कतारबीचको खेलको बिजेतासँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2024
Website | + posts