कतारका प्रधानमन्त्रीले भने–युद्धविराम प्रस्तावमा हमास सकारात्मक छ

कतारका प्रधानमन्त्रीले भने–युद्धविराम प्रस्तावमा हमास सकारात्मक छ : Icon Khabar

कतार, माघ २४ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासले गाजा युद्धविराम योजना र बन्धकहरूको रिहाइमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन् ।

शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो प्रतिक्रिया मध्यपूर्वमा आफ्नो नयाँ भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि आएको हो । कतारका प्रधानमन्त्रीले भने कि हमासको प्रतिक्रिया सामान्यतया सकारात्मक छ। अमेरिकी विदेशमन्त्रीले यसबारे इजरायली नेताहरूलाई जानकारी दिने समेत जनाएका छन् ।

मंगलबार जारी गरिएको विज्ञप्तिमा हमासले युद्धविराम प्रस्तावलाई सकारात्मक भावनामा प्रतिक्रिया दिएको तर अझै पूर्ण युद्धविराम र आक्रमणको अन्त्य चाहेको युरो न्यूजले जनाएको छ । कतारले हमाससँग लामो समयदेखि मध्यस्थता गर्दै आएको छ र युद्धविरामको लागि अमेरिका र इजिप्टसँग काम गरिरहेको छ, जसमा युद्धको दीर्घकालीन रोक र गाजामा अझै पनि रहेका १०० भन्दा बढी बन्धकहरूको रिहाई समावेश गरिएको छ ।

कतारका प्रधानमन्त्रीले हमासको प्रतिक्रियाको बारेमा कुनै विवरण दिएनन् तर सो समूहले टिप्पणी गरेको भने जानकारी दिएका छन । एन्टोनी ब्लिन्केनले अधिकारीहरूले हमासको प्रतिक्रिया पाएको पुष्टि गरे । अल जजीराका अनुसार हमासले बन्धक सम्झौतालाई आधिकारिक रूपमा सकारात्मक प्रतिक्रिया दिएको बताएको छ तर अमेरिका र कतारले गाजामा लडाइँ रोक्न समय लाग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2024






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव