गायिका मेनुका पौडेललाई आज गृह जिल्ला झापामा अभिनन्दन गरिँदै

गायिका मेनुका पौडेललाई आज गृह जिल्ला झापामा अभिनन्दन गरिँदै : Icon Khabar

झापा, माघ २२ । गायन रियालिटी शो इण्डियन आइडल सिजन–१४ बाट बाहिरेकी गायिका मेनुका पौडेललाई आज (सोमबार) झापामा अभिनन्दन गरिने भएको छ ।

आइतबारको एपिसोडबाट उनी शोबाट बाहिरिएकी थिइन् । मेनुकाले पनि आफ्नो सामाजिक सञ्जालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुङ्गिएको जनकारी गराएकी छन् । ‘मेरो इण्डियन आइडलको यात्रा यहीं सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

रियालिटी शोमार्फत् नेपालीलाई विश्वसामु चिनाएको भन्दै उनलाई आज गृह जिल्ला झापामा अभिनन्दन गर्न लागिएको हो । मेनुका विसं २०५५ सालमा झापाको हल्दीवारी– ४ मा जन्मेकी थिइन् । मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

Published Date: 05 February 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय