गायिका मेनुका पौडेललाई आज गृह जिल्ला झापामा अभिनन्दन गरिँदै

गायिका मेनुका पौडेललाई आज गृह जिल्ला झापामा अभिनन्दन गरिँदै : Icon Khabar

झापा, माघ २२ । गायन रियालिटी शो इण्डियन आइडल सिजन–१४ बाट बाहिरेकी गायिका मेनुका पौडेललाई आज (सोमबार) झापामा अभिनन्दन गरिने भएको छ ।

आइतबारको एपिसोडबाट उनी शोबाट बाहिरिएकी थिइन् । मेनुकाले पनि आफ्नो सामाजिक सञ्जालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुङ्गिएको जनकारी गराएकी छन् । ‘मेरो इण्डियन आइडलको यात्रा यहीं सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

रियालिटी शोमार्फत् नेपालीलाई विश्वसामु चिनाएको भन्दै उनलाई आज गृह जिल्ला झापामा अभिनन्दन गर्न लागिएको हो । मेनुका विसं २०५५ सालमा झापाको हल्दीवारी– ४ मा जन्मेकी थिइन् । मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2024
Website | + posts