वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित : Icon Khabar

काठमाडौं, माघ २२ । इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए ।

यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको यो १२औ जित हो । २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ । त्यसैगरी वेस्टह्याम युनाइटेडको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2024
Website | + posts