बच्चाहरू लाेभिने रङ्गिन कटन क्याण्डी अखाद्य भएकाे पुष्टि

बच्चाहरू लाेभिने रङ्गिन कटन क्याण्डी अखाद्य भएकाे पुष्टि : Icon Khabar

काठमाडाैँ, माघ ८ । बच्चाहरू लाेभिने रङ्गिन कटन क्याण्डी अखाद्य भएकाे सरकारले पुष्टि गरेकाे छ । बजारमा खुला रुपमा बिक्री वितरण भइरहेकाे कटन क्याण्डीमा स्वास्थ्यलाई असर गर्ने रङ मिसाइने गरेको पुष्टी भएको खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागले जनाएकाे छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रलय अन्तर्गतकाे खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागका अनुसार विभागले गरेकाे प्रयोगशाला परिक्षणबाट रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने रोडामाइन बी नामक अखाद्य रङ्गकाे प्रयोग भएको पाइएको छ । यस्ता वस्तुहरुको प्रयोग स्वास्थ्यका लागि हानिकारक रहेको छ ।

विभागले यस विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेकका यस्ता वस्तुहरूकाे प्रयाेग नगर्न तथा बालबालिकाहरूलाई समेत नदिन उपभोक्तालाई अनुराेध गरेको छ । यसैगरी, यस प्रकारकाे अखाद्य रङ्गको प्रयोग गरी यस्ता वस्तु खुला रूपमा उत्पादन, बिक्री र वितरण नगर्न पनि विभागले उत्पाकहरुलाई निर्देशन दिएकाे छ । यसरी,अटेर गरी उत्पादन तथा बिक्री वितरण गरेकाे पाइएमा खाद्य ऐन नियम बमाेजिम कारवाही हुने समेत विभागले चेतावनी दिएकाे छ ।

Published Date: 22 January 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु