बच्चाहरू लाेभिने रङ्गिन कटन क्याण्डी अखाद्य भएकाे पुष्टि

बच्चाहरू लाेभिने रङ्गिन कटन क्याण्डी अखाद्य भएकाे पुष्टि : Icon Khabar

काठमाडाैँ, माघ ८ । बच्चाहरू लाेभिने रङ्गिन कटन क्याण्डी अखाद्य भएकाे सरकारले पुष्टि गरेकाे छ । बजारमा खुला रुपमा बिक्री वितरण भइरहेकाे कटन क्याण्डीमा स्वास्थ्यलाई असर गर्ने रङ मिसाइने गरेको पुष्टी भएको खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागले जनाएकाे छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रलय अन्तर्गतकाे खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागका अनुसार विभागले गरेकाे प्रयोगशाला परिक्षणबाट रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने रोडामाइन बी नामक अखाद्य रङ्गकाे प्रयोग भएको पाइएको छ । यस्ता वस्तुहरुको प्रयोग स्वास्थ्यका लागि हानिकारक रहेको छ ।

विभागले यस विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेकका यस्ता वस्तुहरूकाे प्रयाेग नगर्न तथा बालबालिकाहरूलाई समेत नदिन उपभोक्तालाई अनुराेध गरेको छ । यसैगरी, यस प्रकारकाे अखाद्य रङ्गको प्रयोग गरी यस्ता वस्तु खुला रूपमा उत्पादन, बिक्री र वितरण नगर्न पनि विभागले उत्पाकहरुलाई निर्देशन दिएकाे छ । यसरी,अटेर गरी उत्पादन तथा बिक्री वितरण गरेकाे पाइएमा खाद्य ऐन नियम बमाेजिम कारवाही हुने समेत विभागले चेतावनी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2024
Website | + posts




ताजा
भक्तपुरको थुसाचा–हनुमानचा क्षेत्रमा पहिरो, विद्युत् आपूर्ति अवरुद्ध
साँगामा पहिरोले सडक ढाक्दा अरनिको राजमार्ग दुबै तर्फ अवरुद्ध, भक्तपुर–नाला सडक वैकल्पिक मार्ग
आज पनि राजधानीबाट लामो दुरीका बसहरू चल्न रोक, टिकट मूल्य फिर्ता गरियो
मौसम पूर्वानुमान : देशभर वर्षाको सम्भावना, बाढी, पहिरो र डुबानाको जोखिम कायमै


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने